काठमण्डौको होटल मा पुरुष सँग गएकी महिलाको मृत्यु, पुरुष बेपत्ता, के हुँदै छ यस्तो ? (भिडियो सहित)

इनेप्लिज २०८० माघ २८ गते १५:२३ मा प्रकाशित

काठमाडौं महानगरपालिका–९, विजय चोकमा रहेको एक होटलमा महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, शनिबार साँझ अन्दाजी ४५ वर्षीया महिलाको शव भेटिएको हो ।

कम्तीमा दुई दिनदेखि कोठा बन्द रहेको अवस्थामा ग्राहक पैसा नतिरी गएको हुनसक्ने आशंका गरेर ढोका खोल्दा शव भेटिएको भन्दै होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी वृत्त, गौशालाको टोली घटनास्थलमा फेला परेको थियो ।

त्यसक्रममा खाटमा महिलाको शव भेटिएको थियो भने नजिकै डोरी समेत फेला परेको थियो । ‘तर, बाहिरबाट ढोका बन्द गरेर भित्र शव भेटिएको अवस्था शंकास्पद छ’, खत्रीले भने, ‘गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं ।’

शव भेटिएको सिरहा धनुषा होटल एण्ड लजका कर्मचारीले ती महिला एक जना पुरुषसँग होटलमा आएको भनेका छन् । तर, ती व्यक्तिले होटलमा गलत विवरण टिपाएका छन् । त्यसैले यो घटना थप शंकास्पद बनेको छ ।

https://www.youtube.com/watch?v=kS5SnbZvPdc

प्रतिक्रिया