वीरगन्जका मेयर राजेशमान सिंहसँग गृह मन्त्रालयको टोलीले आज सवा दुई घण्टाको बयान लिएको छ । फर्जी विवरणको आधारमा नागरिकता दिलाएको भन्दै मेयर सिंहविरुद्ध जाहेरी परेपछि गृह मन्त्रालयको टोलीले बयान लिएको हो ।
झुटो विवरणको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाएको भन्दै नागरिकता विवाद प्रकरणमा गृह मन्त्रालयको टोलीले मेयर सिंहसँग जिल्ला प्रशासन कार्यालय पर्सामा बयान लिएको थियो । जिल्ला प्रशासन स्रोतका अनुसार मेयर सिंहसँग बिहान ८ बजेदेखि सुरु भएको बयान सवा दश बजेसम्म लिइएको थियो ।
गृह मन्त्रालयको टोलीले मेयर सिंहसँग मौखिक तथा सोधपुछ कागज गराएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । यो क्रममा गृह मन्त्रालयबाट गठित २ सदस्यीय छानबिन टोलीले सिंहविरुद्ध परेको जाहेरीसँग सम्बन्धित कागजातका आधारमा सोधपुछ गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जनाए
प्रतिक्रिया