सन्दीप लामिछाने जिल्ला अदालतको फैसला उल्ट्याउने कसरतमा, उच्च जाने अन्तिम तयारी (भिडियो सहित)

इनेप्लिज २०८० माघ २७ गते ११:४९ मा प्रकाशित

बलात्कारको मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन गर्ने तयारी थालेका छन्।

जिल्ला अदालत काठमाडौंले फैसलाको पूर्णपाठ सार्वजनिक गरे लगत्तै सन्दीपका कानुन व्यवसायीले उच्च अदालत पाटनमा जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन गर्ने तयारी थालेका थिए।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार फैसलाको पूर्णपाठलाई अध्ययन गरेर उक्त फैसलामा भएका त्रुटिका आधार र सन्दीपले सफाइ पाउनुपर्ने नजिरहरु जम्मा गरेर पुनरावेदन गर्ने अन्तिम तयारीमा रहेको बताए।

‘हामी उच्च अदालत जानका लागि अन्तिम तयारीमा छौं। जिल्लाको फैसला बदर हुनुपर्ने आधार र कारणका साथै नजिरहरुलाई लिएर केही दिनमै पुनरावेदन दर्ता गर्छौं,’ घिमिरेले भने, ‘जिल्लाले गरेका फैसलाहरुमा थुप्रै त्रुटि भएका कारण त्यसलाई बदर हुनुपर्ने र लामिछानेले सफाइ पाउनुपर्ने दाबी पेस हुन्छ।’

लामिछानेले गरेको दाबीकै आधारमा जिल्लाले युवती नाबालिग नभएको ठहर गरेकाले उनलाई दोषी ठहर गर्नु गलत हुने मुख्य दाबी उच्चमा गर्ने तयारी सन्दीप पक्षले गरेको छ। सन्दीप पक्षले उमेर पुगेका दुई युवा-युवतीका बीचमा भेट हुनु अनि शारीरिक सम्बन्ध राखेमा कानुनले बलत्कार नै हो भनी किटान नगर्ने दाबी गर्ने तयारी गरेको छ।

https://www.youtube.com/watch?v=2MUyDFGp1Ck

प्रतिक्रिया