अधुरै रह्यो रञ्जुको बेहुली बन्ने सपना,विबाहको अघिल्लो दिन अर्नाले लियो ज्यान (भिडियो सहित)

इनेप्लिज २०८० माघ २६ गते २३:१७ मा प्रकाशित

सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए।

मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेको थियो। सोमबारको बिहेका लागि आइतबारदेखि नै निम्तालुहरू आउनेक्रम सुरू भइसकेको थियो। छरछिमेकीहरू पनि विवाहको अन्तिम तयारीमा जुटेका थिए भने आगन्तुक एवं जन्तीलाई भोजभतेरका लागि आवश्यक सबै सामग्रीको जोहो भइसकेको थियो।

गुलाबी विपन्न परिवारको भए पनि छोरीलाई धुमधामका साथ अन्माउने तयारीमा थिए। तर गुलाबीको परिवारमा अकस्मात परेको बज्रपातले अहिले उनको परिवारमात्र होइन गाउँ नै स्तब्ध भएको छ।

गुलाबीकी २१ वर्षीया छोरीलाई कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली अर्नाले आक्रमण गरी ज्यान लिएपछि गुलाबीको परिवारमा बज्रपात परेको हो। रञ्जुको मृत्युको खबर सुनेपछि गुलाबी मुखियाको परिवार मुर्छित छ।

https://www.youtube.com/watch?v=XjDC6f8N5Q0

प्रतिक्रिया