माइत गएकी महिला माइत पुग्ने बित्तिकै आफूसँग रहेको झोला छोडेर बेपत्ता, श्रीमानको रुवाबासि (भिडियो सहित)

इनेप्लिज २०८० माघ २६ गते २३:०९ मा प्रकाशित

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ की एक महिला विगत एक सातादेखि सम्पर्कविहीन भएकी छन् । २८ वर्षीय सालिया खातुन गत माघ १४ देखि सम्पर्कबिहीन रहेको उनका पति सलमान सिद्दिकीले बताए ।

सलमानले भने, ‘मेरो श्रीमती माघ १४ गते दिउँसो १२ बजे सिद्धार्थनगर नगरपालिका–६ स्थित माइती पुगेकी थिइन् । माइती पुगेको केही समयपछि आफूसँग रहेको झोला छोडेर उनी सम्पर्कविहीन भएकी हुन् ।’

सालिया कुर्ता सलवार लगाएर घरबाट निस्किएको उनले जानकारी दिए । उनको खोजीका लागि परिवारले अपील गरेका छन् । यो दम्पत्तिले सिद्धार्थनगर नगरपालिका–३ स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) नजिकै बिरयानी पसल सञ्चालन गर्दै आएका थिए ।

श्रीमान सलमानले श्रीमती हराएको प्रहरीमा निवेदनसमेत दिएका छन् । तर प्रहरीले केही पत्तो नलागेको जनाएको छ । मोबाइल घरमै छाडेर गएकाले उनीसँग कुनै सम्पर्क नभएको परिवारले जनाएको छ ।

https://www.youtube.com/watch?v=QyEg35VFd-U

प्रतिक्रिया