कट्टा हान्दिन्छुको चर्चा र विबादसँगै  दरबार मार्गमा गुञ्जिदै एलिना

इनेप्लिज २०८० माघ २६ गते ११:१६ मा प्रकाशित

काठमाडौँ । सुन्दरी गायिका एलिना चौहान दरबार मार्गमा गुञ्जिने भएकी छिन् । भ्यालेन्टाइन डेको अवसर पारेर एलिना यही माघ २८ गतेका दिन दरबार मार्गको मन्नत प्यालेसमा गुग्जिने भएकी हुन् । कार्यक्रममा गायिका चौहानले धोकेबाज, कट्टा हान्दिन्छु, कुरा काट्ने मान्छेले काटुन, मिनिरल वाटर, इस्टाको फोटो लगायतका गीतहरु गाउनेछिन् ।

गायिका एलिनासँगै गायक कर्म ग्याल्जेन र लाइभ व्याण्डको पनि प्रस्तुती रहनेछ । प्रणय दिवसको पूर्व सन्ध्यामा सदा झै नयाँ उमंग नयाँ ठाउँ प्रणय दिवसमा जाउँ भन्ने उदेश्यसहित मन्नत प्यालेसले भव्य रुपमा सांगीतिक साँझको आयोजना गरेको हो । कार्यक्रम माघ २८ गते साँझ ७ बजेदेखि राती साडे १ बजेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया