मदनकृष्ण श्रेष्ठ श्रीमतीलाई सम्झेर भक्कानिदै भने उनलाई क्यान्सर भएपछि मृत्युदण्ड पाएसरह भयो(भिडियो साहित)

इनेप्लिज २०८० माघ २४ गते २३:०८ मा प्रकाशित

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सर रोगको रोकथाम र नियन्त्रणका लागि जनचेतना जरुरी रहेको बताएका छन् ।

विश्व क्यान्सर दिवसको अवसरमा आइतबार मोरङको टंकीसिनुवारीमा विराट क्यान्सर इन्स्टिच्युटले गरेको ‘आशा क्लोज द केयर ग्याप’ कार्यक्रममा क्यान्सरबाट श्रीमती यशोदाको मृत्यु भएको उल्लेख गर्दै कलाकार श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले क्यान्सर लाग्नु भनेको मृत्युदण्ड पाउनुसरह हुने बताए । ‘क्यान्सरबाट सबै मानिस पर रहून् । क्यान्सर रोग असाध्यै प्राणघातक रोग हो । यसबाट बच्न सक्नुपर्छ । क्यान्सर लाग्नु भनेको मृत्यदण्ड पाएसरह हो,’ उनले भने, ‘मैले मेरो श्रीमती क्यान्सर रोग लागेर मृत्यु भएपछि प्रत्यक्ष भोगेको अनुभूति हो यो । क्यान्सर लागेपछि उपचार पनि खर्चिलो हुन्छ । पैसाको खोला बगेजस्तो हुन्छ । कतिपय मान्छेको घर खेत जाँदो रहेछ ।’

श्रेष्ठले श्रीमतीको छ वर्षसम्म उपचार गरेको र विदेशमा पनि उपचारमा लगेको सुनाए । ‘त्यसपछि सकिनँ । त्यसकारण पनि क्यान्सर रोगसँग मलाई असाध्यै डर लाग्छ । पाँच जनामा एक जनामा क्यान्सर लाग्ने भन्ने सर्वेक्षणबाट सुनेको छु । यो सुनेर झन् मलाई डर लाग्छ,’ उनले भने, ‘त्यसैले यो रोग लाग्न दिनु हुँदैन । क्यान्सर रोग लाग्न नदिन जनचेतनाको जरुरी छ । अहिले पनि म क्यान्सर लाग्न नदिन सचेतना अभियानमा हिंड्ने गरेको छु । त्यसैले अहिले विराटनगरमा छु ।’

https://www.youtube.com/watch?v=Opt31xTs3DQ

प्रतिक्रिया