वैवाहिक बलात्कार गरेको आरोप लगाएकी आरती रावलद्वारा रत्नपार्कबाट महानगरले हटाएपछी विष सेवनको प्रयास (भिडियो सहित)

इनेप्लिज २०८० माघ २४ गते २:२४ मा प्रकाशित

रत्नपार्कस्थित शान्ति बाटिकाबाट नगर प्रहरीले बाहिर निकालेपछि न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले विष सेवनको प्रयास गरेकी छन् । नगरप्रहरीले तत्काल हस्तक्षेप गरेर उनलाई रोके । रावले २४ दिनदेखि शान्ति बाटिकामा अनशन बस्दै आइरहेकी थिइन् । आफूलाई न्यायाधीश पतिले वैवाहिक बलात्कार गरेको भन्दै उनी कानूनी तथा सडक संघर्षमा छिन् । श्रीमानलाई थुनामा राखेर मुद्दा चलाउनुपर्ने माग सहित उनले अनशन सुरु गरेकी हुन् ।

आज नगर प्रहरीले बिहानै शान्ति बाटिकामा अनशन र धर्नामा बसेकाहरूलाई लखेटेको थियो । त्यस क्रममा अरूसँगै आरती रावल पनि निकालिइन् ।

प्रहरीले सामान निकाल्न प्रयास गर्दा आरतीले आफूसँग रहेको विषको बोतल घुर्क्याउने प्रयास गरिन् । तर, प्रहरीले उनको हातबाट बोतल खोस्यो । त्यसपछि उनका सामानहरू बाहिर निकालेर मिल्काइदिएका थिए ।

आरतीको हातमा लगाएको स्लाइन खुस्किएको थियो । उनी लगातार चिच्याइरहेकी थिइन् ।

https://www.youtube.com/watch?v=92b9w4FHIas

प्रतिक्रिया