एक सय २१ वर्षको उमेरमा बाटुली लामिछानेको निधन,आमालाई ८२ वर्षीय छोराले दागबत्ती दिए (भिडियो सहित)

इनेप्लिज २०८० माघ २२ गते २२:०० मा प्रकाशित

नुवाकोटको ककनी गाउँपालिका–८ निवासी एक सय २० वर्षीया बाटुली लामिछानेको शुक्रबार निधन भएको छ । श्वासप्रश्वासमा समस्या भएसँगै उपचारका क्रममा उनको शुक्रबार घरमै निधन भएको उनका आफन्त उद्धव हुमागाईंले जानकारी दिए । उनका अनुसार पछिल्लो एक सातादेखि ज्येष्ठ नागरिक लामिछानेलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । ककनी गाउँपालिका र उनको संरक्षण तथा रेखदेखमा सक्रिय बाला फाउन्डेसनले उनको घरमै चिकित्सक ल्याएर उपचार गराउँदै आएको थियो ।

बाटुली लामिछानेको चाहनाअनुसार शुक्रबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरिएको छ । उनलाई ८२ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने दागबत्ती दिए ।

नेपाली नागरिकताको प्रमाणपत्रअनुसार बाटुली लामिछानेको जन्म विसं १९५९ चैत १० गते भएको हो । उनलाई विश्वकै ज्येष्ठ नागरिक घोषणाका लागि बाला फाउन्डेसनमार्फत आवश्यक पहल भइरहेको थियो ।

https://www.youtube.com/watch?v=f0ggLK6_EsQ

प्रतिक्रिया