अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रमुख भान्से (सेफ)सन्तोष साहद्वारा मेरिल्याण्डमा अद्वितीय नेपाली खानाका परिकार बनाउदै खुवाए ,खाने सबै दङ्ग

इनेप्लिज २०८० माघ २१ गते १७:५३ मा प्रकाशित

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रमुख भान्से (सेफ)सन्तोष साहले गत फेब्रुअरी ३ शनिबारका दिन मेरिल्याण्ड राज्यको बाल्टिमोरमा अद्वितीय नेपाली खानाका परिकार बनाउदै नेपाली समुदायलाई खुवाए ।

अद्वितीय स्वादिष्ट ,पृथक ,अनौठो बनाउनेमा माहिर साहले आफै भित्र भान्सामा निरन्तर एक पछि अर्को परिकारको बनाउदै र खाना बितरण गर्दै जाँदा त्यहाँ उपस्थित सबैले उनले बनाएको परिकार र स्वादको कहिले नखाएको भन्दै सबै दङ्ग परे । एक आपसमा मुखामुख गरेको दृश्य देखिन्थ्यो ।

ग्राहकहरु अर्थात् टिकट काटेर आएकाले अब के खानेकुरा भान्साबाट सन्तोष साहले पस्किन्छन भन्दै प्रतिक्षारत समेत रहन पुगेका थिए ।

अब कुन खानाको परिकार आउछ भन्दै उत्सुकतापूर्वक ग्राहकहरु पर्खिरहेका हुन्थे । उनले खानाको परिकार खुवाए पछि रात्रि भोजनको आयोजना गरिएको थियो । उनले प्रारम्भमा आफ्नो किताव तथा आफूले यसरी खानाका परिकार बनाउने भन्दै सम्बोधन गरेका थिए ।

त्यहाँ उपस्थित आमन्त्रित मध्ये नेपाली राजदुताबासको प्रतिनिधित्व गर्दै प्रमुख उपनियोग कुमार राज खरेल ,महाबाणिज्यदुत प्रेम राजा महत लगायतको उपस्थिति रहेको थियो । साह त्यहाँ आउने भए पछि टाडा टाडाबाट व्यवसायी ,उधमी तथा बिभिन्न पेशामा आबद्ध नेपाली समुदायको साथै केही बिदेशी पाहुनाहरु समेतको सहभागिता रहेको थियो ।

सबैले खानाको परिकार बारे मुक्त कण्ठले प्रशंसा गर्नुको साथै अत्यन्तै स्वादिष्ट खाना खाना पाईएको बताएका थिए । त्यहाँ सहभागी हुन् १७५ डलर प्रति व्यक्ति राखिएको थियो भने अग्रिम रुपमा टिकट सबै बिक्री भएको थियो ।

हाल बेलायत बस्दै आएका बिश्व प्रसिद्ध नेपाली मूलका प्रमुख भान्से (सेफ)शाह अन्य कार्यक्रममा आएको समयमा बाल्टिमोरमा रात्री भोजनको कार्यक्रमको तारतम्य मिलाईएको थियो ।

आयोजक व्यवसायी बिनोद उप्रेतीका अनुसार साहको अमेरिका भ्रमण पहिलो भएको बताए । साहसंगको रात्रि भोजनको कार्यक्रम बाल्टिमोरमा रहेको क्र्याकपट चमेनागृहमा गरिएको थियो ।

साहले प्रत्यक्ष रुपमा त्यहा उपस्थित भएका सहभागीहरुकै अगाडी अर्थात् नजिकैको भान्सामा विभिन्न ६ प्रकारका परिकारहरु पकाएका थिए । बाल्टिमोरको क्र्याकपट चमेना गृहमा भएको उक्त रात्री भोजनमा अन्य सबै खर्चको व्यवस्थापन चमेनागृहले गरेको र संकलन भएको सबै रकम साहलाई जानेछ ।

प्रवेश शुल्क १ सय ७५ डलर राखिएको थियो । त्यहाँ खचाखच भिड रहेको थियो । अर्थात् सिट(कुर्सी)हरु सबै पुरा भरिएका थिए ।

प्रतिक्रिया