सोसल मिडिया र सामाजिक मनोविज्ञान ?

दीपक पन्त मिल्वाकी,अमेरिका २०८० माघ २१ गते १२:५८ मा प्रकाशित

दीपक पन्त

आधुनिक शब्यताको बिकास क्रम संगै २१ औं शताब्दीको बरदान इन्टरनेटले यो बैज्ञानिक युगमा नयाँ क्रान्ति नै ल्याएको छ । आज यत्र ,तत्र ,सर्बत्र कुनै न कुनै रुपको सोसल मिडियासँग दिन चर्या नसाट्ने जमात शायद बिरलै होलान् ।

सुचना प्रबाह मात्र हैन् । यस्ता मिडियाहरू आजकल मानिसका दिन चर्या मनोरन्जन , ब्याबशायिक प्रबर्धन , प्रसिद्दि , स्ट्राड्रम , प्रसंसा , खुशी , दुख: साटासाटको माध्यम बनेको छ । आफ्नो अनुकुलता अनुसार टिकटक, इन्स्ट्रागाम , फेसबुक ,ट्विटर जस्ता चर्चित सोसल मिडियाहरुबाट नाम र दाम कमाइ रहेका देखिन्छन् ।

तर यस्ता मिडियामा देखिने ताम झाम /प्रसंशा /प्रचार / प्रसार को बास्तबिकता के छ ? यसको साँचो अर्थमा समाजमा बास्तबिक आयतन कस्तो छ ? कति छ ? वा यसले सामाजिक परिबेशमा साच्चै सकारात्मक असर परेको छ कि छैन ? त्यसको बास्तबिक लेखा जोखा न त् मेसेज पस्किने ब्यक्तिले हेका राखेको हुन्छ ? न त् त्यो स्टाटसमा हतार हतार लाइक /कमेन्ट /शेयर गर्नेले त्यसको रियालिटी बारे सुजबुझ गरेको पाइन्छ । अझ आश्चर्य त् के देखिन्छ भने कसैको परिवारको मृत्यू जस्तो पीडादायी कटु सत्यताको पूर्ण जानकार नहुदैं कति बर्ष अगाडिको सगैं खिचेको फोटो खोजेर समबेदना राख्न हतार गर्ने हरुको भिड देखिनुलाई कसरी समिक्षा गर्ने ?

गत साता यस्तै यस्तै केहि बिषयहरुको सोसल मिडियामा भएको छताछुल्ल बिषयहरुले समाजको दिशा कता जादैछ भनेर घोत्लिन मन लाग्यो ।

प्रसंग १. केही समय देखि नेपालमा जीबी राइ भन्ने संचालकले चलाएको सहकारीमा बचत कर्ताको रकम हिनामिना भएको कुरा सार्बजनिक भएको छ । राजनीतिमा आउनु पूर्व त्यस सस्थासँग आबद्द रहेका रास्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामोछानेलाई कान्तिपुर मिडियाले मुख्य केन्द्र बिन्दु बनाएर सहकारीको रकम दुरुपयोगमा मुख्य अभियुक्तझैँ समाचार लेखेको लेख्यै छ ।

इन्टरपोलको संजालमा समेत काबिल भनेर चिनिएको नेपाल प्रहरी जीबी राइलाई समातेर बास्तबिकता पस्कन सकेको देखिदैन् । सार्बजनिक जवाफदेहिताको पदमा रहेको ब्याक्तिको त्यो किसिमको दैनिकी, मिडियामा भाइरल हुँदा राज्य/सरकार मुख दर्शक तमासे बनेको छ । निष्पक्ष छानबिन गरि बास्तबिक दोषीलाइ कानुनी कठघरामा ल्याउन सरकारvअसमर्थ भएको छ । लाग्छ कान्तिपुर र रविको प्रेस मिटमा नै सरकार रमाई रहेको छ । आम जनता जान्न चाहन्छन् ? यथार्थता के हो ? धेरै जसो पार्टीका झोले कार्यकर्ताहरु रविलाई भौमानको संज्ञा दिदैँ लेख्छन् ,देख्यौ ? भौमानको बास्तबिकता भन्दै बिसुन पस्किरहेका छन् । तर बास्तबिक जनता “साँचो यथार्थता” को पर्खाइमा छन् ।

निष्पक्ष छानबिन गरि बास्तबिक दोषीलाइ कानुनी कठघरामा ल्याउन सरकारvअसमर्थ भएको छ ।

प्रसंग २: एक जना एन आर एन ए सामाजिक अभियन्ताले झन्डै ३/४ महिना अघि सुदुर पश्चिम जाजरकोटमा गएको भूकम्पमा आहात भएका परिवारलाई सयुक्त्त पहलबाट उठाइएको राहत बाडेको फोटो सेसन गरि सिंगल आफू दानबिर कर्ण बने । उनका आसे पासे हुक्के / बैठकले जय जयकार गरे । सोसल मिडिया रंग्याइयो । सहयोगी हातहरुको बारेमा कहिँ कतै उल्लेख भएको देखिएन ।
प्रसंग ३ :

बीपीको सिद्दान्तलाई पर धकलेर स्वार्थ केन्द्रित राजनीतिमा काँग्रेस लागेको धेरै नै भयो । पार्टीका शिर्ष भनाउदाहरुको पद बाँड फाँड र लाभको पदको ब्यबस्थापन मै रमाई रहेको नेपाली काँग्रेसको भात्री संगठन नेपाली जन सम्पर्क समिति अमेरिकाले गरेको कोठे राजनीति अनि महासमिति सदस्य मनोनयन / छनौटको नाटक मन्चन प्रचार प्रसार देख्दा सोसल मिडियामा लाज के ले ढाक्ने भन्ने मसशुस भएको भन्दै तिनै पार्टीका सहकर्मीहरुको रोइलोले सोसल मिडिया भाइरल भएको छ ।

प्रसंग ४:

भर्खरै एक एनआरएने अभियन्ता केही समय आफ्नो ब्याबशायिक कार्य सम्पादन तथा सामाजिक कार्यमा सहभागी भएर कर्म थलो आइ पुगे । उनको स्वागतमा एयरपोर्ट सम्म लिन पुगेका जन सागर हेर्दा लाग्थ्यो उनि महामानव भै सके।

बिबादस्पद एनआरएन आईसीसी को निर्वाचन परिणामले उनको कद बढ्यो वा घट्यो ? त्यो भविष्यमा मुल्यांकनहोला । तर जनताको नजरमा त्यो नेपाल सरकारले निर्क्योल गर्नु पर्ने बिषय होइन र ? गत सेप्टेम्बर /अक्टोबरमा सम्पन्न भएको आइसीसी निर्वाचनको को बिजेता हो ? को उप बिजेता हो ? कसरी चिन्ने ? को आधिकारिक ? को कोठेधारी ? कसलाई चिन्ने ? आम आप्रबासी जनताको हक अधिकार सँग जोडिएको प्रश्नमा, न त् नेतृत्व तहमा प्रतिस्पर्धा गरेका अभियन्ताहरुको एक मत छ ? न निवाचन मण्डलको न्यायिक निर्णय छ ? न त्यो संग प्रत्यक्ष सरोकार राख्ने तालुक मन्त्रालय वा नेपाल सरकारको कालो र सेतो भन्ने स्पष्ट निर्देशन /निर्णय आएको छ । देखिन्छ, यहा त् “जसका लाठिउसका भयस”। शायद यहि भएर होला भिड र सोसल मिडियामा जसले हावा हुरी चलाउन सक्यो ऊ नै मुख्य पात्र हो ?

प्रसंग ५:

भर्खरै एक गृहणी आमाले आफ्नो छोरीले ४ बर्षे डाक्टरी पढाइ सकेकोमा बधाई सहित आमा छोरिको स्टाटस राखिन्। साथि सुभेच्छुकहरुले बधाई तथा शुभकामना ओहिराहे । सयौं कमेन्ट भित्र स्कोल डाउन गरि हेरे । १५-१६ बर्ष अरबको खाडीमा पसिना बगाएका बाबुको उक्त स्टाटसमा कुनै गुञ्जायस थिएन । मेरो छोरीको सट्टा हाम्रो छोरी भनेर बाबुको समेत सानो बिम्ब राखिदिदा के त्यो आमा अनि छोरीको कद घट्थ्यो होला त् ? सित्तैमा पाइने सोसल मिडियाको स्टार्ड्रमले मान्छे यति स्वार्थि भै सक्यो कि आफू उभियको हाँगा कुन जरा के मा अड्किएको छ ? त्योपनि बिर्सी सक्यो ?

त्यहाँ पनि बाबुको कुनै शब्द उचारण थिएन । लाग्थ्यो उनि एकल महिलाको भरण पोषणमा त्यो छोरो हुर्की रहेछ ।

चिने जानेकै एक गृहणीले गत हप्ता आफ्नो छोरोको जन्म दिनको शुभकामना पोस्ट गरिन् । त्यहाँ पनि बाबुको कुनै शब्द उचारण थिएन । लाग्थ्यो उनि एकल महिलाको भरण पोषणमा त्यो छोरो हुर्की रहेछ ।

सामाजिक संजालमा बढ्दो यो किसिमको सस्तो लोक प्रियताले एक जिम्मेवार पारिवारिक पुरुषलाई किन धुर्बिकरण गराई रहेको छ । नाशवान जीवनको आयाममा मायाँ, प्रेम / सद्द्भाबले बाध्नु पर्ने सामाजिक परिबेशमा एकल पहिचानको भोगमा “यूरिया मलको” काम आजको सोसल मिडियाले गरिदिएको छ ।

पुर्वाकालमा पनि मिथ्या, भ्रम ,सृजना गर्ने , भ्रमित पार्ने कार्य नहुने होइनन् तर एक सिमा परिधि पछि ति पात्रहरुकोभगवानका बिभिन्न अबतारबाट नाश गरिएको कुरा बिभिन्न धार्मिक ग्रन्थ हरुमा उल्लेख गरिएको पाइन्छ ।

यस्तै रोचक कथा श्रीकृष्ण चरित्रमा बर्णन गरिएको छ । राजा पोण्डरकको । द्वारीकाधिस श्रीकृष्णको प्रसंसाको इर्स्यामा उन्मक्त पोण्डरकले द्वित बानरलाइ महाबली हनुमानको संज्ञा दिदै उसैको सहयोगमा आफू सक्कली द्वारिकाधिस भएको प्रचार बाजी गरे । केही समय सम्म त् त्यो नक्कली प्रचार बाजी चल्यो । जब यसले उसको पापलेसिमा नाग्यो , भगवान श्रीकृष्णले द्वारिकाधिस भेषधारी राजा पोण्डरको अत्य गरे । जनतामा देखिएको भ्रण अन्त्य गरे ।

बिहान उठ्ने बित्तिकै रामकुमारीझाँक्री कै शब्दमा “आखाँको चेप्रा नपुच्दै” २/४ ओटा महामहिमहरुको स्टाटस नलेख्ने हो भने समाजमा बस्न नि डर हुनेहो कि ?

तर यहाँ त् दिनहुँ सोसल मिडियामा आ-आफ्नै किसिमले भ्रमको खेति भइ रहेको छ । बिहान उठ्ने बित्तिकै रामकुमारीझाँक्री कै शब्दमा “आखाँको चेप्रा नपुच्दै” २/४ ओटा महामहिमहरुको स्टाटस नलेख्ने हो भने समाजमा बस्न नि डर हुनेहो कि ? भन्ने भइ सक्यो ? मानिसका झुण्डहरुको लम्पासारबाद हेर्दा कुन राजा पोण्डरक हो ? कुन द्वारिकाधिस श्रीकृष्ण छुट्याउनै गार्होको अबस्था छ ।

झन्डै दुइ तिन साता एक सानो समुहको सानो भेटघाट थियो । कार्यक्रममा सहभागीहरु आउने क्रम जारी नै थियो । समाजमा छुट्टै पहिचान बनाएका भनिएका व्यक्तिहरुले सामुहिक चिनजान हाइ हेल्लो भन्दा छुट्टै “डिब्बे” लगाएर बसे। केहि साथीहरुलाई त्यो प्रकृया त्यति सहज लागेन । आफ्नै समकालीन मित्र सँग आफ्नो मनको खुल्दुली साटे । उनको तर्क सुनेर झन् म अचम्मित भए । उनि भन्दै थिए , काँ तपाइँ हामी जस्तो हो र उहाँ ? २० बर्ष पहिला आउनुभाको’ हो नि ? तपाइहरुलाइ खोज्ने ? तपाइको हैसियत के छ र ? हामीले नै खोज्दै धनुष्टंकार गर्नु पर्ने होइन र ? उनलेआफ्नो मनको आसय एकै सासमा बिसाए ।

म मानब, समानता र सामाजिक जीवनको तर्क गर्दै गर्दा उनले मेरो हैसियत मापनको डण्डा हिर्काए ?

हैसियत शब्दको अर्थ पनि बुझी नसक्नु छ है ? के हो मापन बिधि पद्दति ? धन सम्पति , ज्ञान , बिद्दता , यौवन वा पदप्रतिस्ठा ,सत्ता वा अन्य ?

मेरो मलाइ खोजेनन् भन्ने आसय नै थिएन । सानो भेला भएकोले सहभागी सबै एक अर्का सँग राम्ररी खुल्दा सामाजिक सद्भाव बलियो हुन्छ भन्ने लागेको थियो ।

निष्कर्ष : सोसल मिडियामा बढ्दै गएको प्रतिस्पर्धात्मक प्रचार बाजिले बास्तबिक सत्य ओझेल पर्दै गएको देखिन थालेको छ । बिश्व समुदायमा नै प्रभाब पार्ने बैज्ञानिक आबिस्कार वा अलौकिग धार्मिक शाक्त्ति आर्जन गरेका व्यक्तित्व वा मानब लोक कल्याणकारी कार्यमा जीवन आहुति दिएका प्रजातन्त्र प्रेमी आम व्यक्तित्वहरुको आस्था शुभकामना राख्न अब छुट्टै सामाजिक संजाल आविष्कार गर्नु पर्ने बाद्यता आइ परेको हो त्?

सोसल मिडियाले दिएको अलौकिक उपहारलाई सहि र यथार्थपरक मानब कल्याणमा पस्कदा नै बास्तबिक द्वारिकाधिस बन्ने मौका मिल्लेछ , अन्यथा झरी पछि देखिएको कमिलाको पखेटाले छलांग हान्दा देखिएको गतिमा मानब समाजको सामाजिक अस्थित्व नै संकटमा पर्ने कुरामा नकार्न सकिदैन् ।

दीपक पन्त

मिल्वाकी,अमेरिका

प्रतिक्रिया