पुनम पाण्डेले आफ्नो निधन भएको हल्ला यसकारण फैलाएकी रहेछिन सुनेर सब कलाकार तीन छक्क (भिडियो सहित)

इनेप्लिज २०८० माघ २१ गते ३:१८ मा प्रकाशित

भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डे जीवितै रहेको खुलेको छ । उनको इन्स्टाग्राम एकाउन्टमार्फत शुक्रबार पाण्डेको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको सार्वजनिक भएको थियो । इण्डिया टुडेका अनुसार, उनका म्यानेजरले समेत पाण्डेको ३२ वर्षको उमेरमा निधन भएको बताएका थिए ।

तर, शनिबार इन्स्टाग्राममा भिडियो पोष्ट गर्दै पुनमले ‘आफू जीवितै रहेको’ खुलाएकी छन् । आफ्नो पुरानो पोष्टले धेरैलाई दुःखाएको प्रति माफी माग्दै पुनमले भनेकी छन्, ‘हो, मैले मेरो मृत्युको झुठो खबर फैलाएँ तर, मैले सर्भिकल क्यान्सरबारे सचेतना फैलाउनलाई यो गरेकी थिएँ ।’

मृत्युको खबर सार्वजनिक भएपछि सबैले पाठेघरको मुखको क्यान्सरको कुरा गरिरहेको भन्दै उनले भनेकी छन्, ‘यो यस्तो रोग हो, यसले थाहै नपाइ तपाईंको ज्यान लिन्छ र यो रोगबारे धेरै चर्चा हुनु जरुरी छ, जुन मेरो मृत्युको समाचारले गरेको छ ।’

पाण्डेको इन्स्टाग्राम अकाउन्टमा शुक्रबार सेयर गरिएको पोस्टमा ‘आजको बिहानी हाम्रा लागि कठिन छ । पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्री प्यारी पूनमलाई गुमाउनु परेको जानकारी गराउँदा अत्यन्त दुःख लागेको छ । उहाँको सम्पर्कमा आउने जो कोहीलाई पनि उहाँलाई मायाले भेट्नुभयो । शोकको यस समयमा हामी गोपनीयता कायम गर्न अनुरोध गर्दछौं र उहाँहरुले साझा गरेका सबै कुराको लागि उनीहरूलाई मायापूर्वक सम्झनेछौं’ भन्ने उल्लेख थियो ।

https://www.youtube.com/watch?v=z4aQAWfGNyg

प्रतिक्रिया