सबै जनाले प्रतिक्षा गरेको मनिषा कोइरालाले हिमनी शाहसँग लिएको अन्तर्वार्तामा के के भयो कुराकानी ? (भिडियो सहित)

इनेप्लिज २०८० माघ २० गते १६:०१ मा प्रकाशित

हत्पत्ति सञ्चारमाध्यममा बोलेको नसुनिने पूर्वयुवराज्ञी हिमानी शाहले अभिनेत्री मनीषा कोइरालासँग केही निजी कुरा, केही सामाजिक सेवाका कुरा र केही अर्थपूर्ण राजनीतिक कुरा गरेर करिब एक घण्टा बिताएकी छन्।

भीएफवाई टक्स नामको युट्युब च्यानलमा गरिएको कुराकानीमा कलाकार कोइरालाले शाहलाई धेरैचोटि राजनीतिक विषयवस्तुमा तान्न खोजिन्। हिमानी शाह पनि निकै सम्हालिएर बोलिन्। तर, पर्याप्त राजनीतिक सन्देश दिन भ्याइन्।

उनले विदेश जाने नेपालीको लर्कोलाई राज्य सञ्चालकहरूको अक्षमता र अदूरदर्शिताको परिणामका रूपमा अर्थ्याइन्।

उनले भनिन्, ‘यो विडम्बना हो। रेमिट्यान्समा बाँच्नु भनेको त्यो दूरदर्शिता होइन। जति सक्दो देशले दिन सक्नुपर्ने थियो, त्यो हामीले दिन सकिरहेका छैनौँ। दूरदर्शिताको खाँचो छ। कुनै पनि काम गर्दाखेरि पछिसम्मको सोचेर, भविष्यको सोचेर गरे राम्रो हुन्छ।’

https://www.youtube.com/watch?v=7k2UyV80vH8

प्रतिक्रिया