हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान

इनेप्लिज २०८० माघ २० गते ९:५४ मा प्रकाशित

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई राष्ट्रिय प्रतिभा सम्मान प्रदान गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १७ औँ साधारण सभाका अवसरमा माघ १९ गते शुक्रबार राजधानीमा आयोजित समारोहमा उहाँलाई प्रतिभा सम्मान प्रदान गरिएको हो । सो अवसरमा सङ्गीतकार दीपक जङ्गमले मदनकृष्ण श्रेष्ठले विगत लामो समयदेखि समाजलाई सकारात्मक सन्देश दिन सफल हुनुभएको भन्दै चर्चा गर्नुभयो ।

सो अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठले गाउनुभएको गीतकार त्रिविक्रम पाण्डेले रचना गर्नुभएको ‘ती नयन शरावी’ गीतको म्युजिक एलबम लोकार्पण गरिएको थियोे । कार्यक्रममा साहित्यकार तथा गीतकार सुभाषचन्द्र ढुंगेल, हरिराम पौडेल, विमल भौकाजी, रविन्द्र आशिष शैली, जुजुकाजी रञ्जीत, वरिष्ठ गायक प्रकाश श्रेष्ठ, शेषराज शिवाकोटी, ध्रुब मधिकर्मी, प्रमोद स्नेही, अमर अधिकारी, अरुण नदी खत्री, राजेशमान के.सी., लिलाराज दाहाल, त्रिचन्द्र श्रेष्ठ, गगनद्विप सर्वको समेत उपस्थिति थियोे । देशकै एक विशिष्ट र बहुमुखी वरिष्ठ कलाकार श्री मदनकृष्ण श्रेष्ठज्यू कर्मचारी संचयकोषकोे कर्मचारी हुनुहुँदा वि.सं. २०२३ सालताका उहाँले प्रयोग गर्नुभएको कुुर्सीलाई ५७ वर्षपछि उहाँको सम्मान गर्न आयोजित कार्यक्रमको दौरान प्रदर्शित ग¥यो ।

प्रतिक्रिया