पूर्वराजालाई भेटेपछि दुर्गा प्रसाईंले भने–राजेन्द्र लिङ्देनले राजसंस्था फर्काउन सक्दैनन् (भिडियो सहित)

इनेप्लिज २०८० माघ १८ गते २:३१ मा प्रकाशित

मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था फर्काउन नसक्ने जिकिर गरेका छन् । उनले राजेन्द्र लिङ्देनको राजतन्त्र पुनर्स्थापित गर्ने एजेन्डा ‘साँढेको टाङमुनि बाल्टी थापेजस्तै’ भएको टिप्पणी गरे ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग सोमबार सिमरामा भेटवार्ता गरेपछि रातोपाटीसँग कुरा गर्दै प्रसाईंले राजेन्द्र लिङ्देनलाई पूर्वराजाले विश्वास नगरेको समेत जिकिर गरे । उनले पूर्वराजासँग राजेन्द्र लिङ्देनले बेलाबेला भेटेको सत्य भए पनि वास्तविकता भने टाढा रहेको बताए । ‘राजेन्द्र दाइको एजेन्डा साँढेको टाङमुनि बाल्टी थापेजस्तो हो । राजासँग उहाँले बेलाबेला लन्च मिटिङ मात्रै गर्नुभएको हो, राजसंस्था फर्काउन सक्नुहुन्न ।’

लिङ्देनले आफ्नो एजेन्डा भुलेर राष्ट्रियसभा निर्वाचनमा रवि लामिछानेका ससुरा उद्धव पौडेललाई जिताउन एमालेसँग राजनीति सौदाबाजी गरेको आरोप पनि प्रसाईंले लगाए । उनले आफूलाई पूर्वराजाको सधैँ समर्थन रहेको जिकिर गर्दै आगामी फागुनमा हुने आन्दोलनमा पनि साथ रहने जिकिर गरे ।

https://www.youtube.com/watch?v=rG-UXGqv29U

प्रतिक्रिया