अभियन्ता गिभिना मगर वीर अस्पताल भर्ना, हिजो रुँदै आएकी थिइन् लाइभ,के भयो उनलाई यस्तो अचानाक (भिडियो सहित)

इनेप्लिज २०८० माघ १८ गते १:४७ मा प्रकाशित

सामाजिक अभियन्ता गिभिना मगर स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना भएकी छन् । उनलाई आज प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्‍याएको हो । गिभिना हिजो टिकटक लाइभमा आएर निराशाजनक कुरा गरेकी थिइन् । उनले आफूलाई पुरानो रोग बल्झिएको बताएकी छन् ।

गिभिनाले लाइभमा रुँदै भनेकी छन्, ‘मलाई जति जनाले साथ दिनुभयो, सबैप्रति आभारी छु । मलाई भगवानले साथ दिनुभएछ भने फेरि हजुरहरुसँग जोडिएर अभियानमा जोडिनेछु । मलाई समयले साथ दिइरहेको छैन । स्वास्थ्यले साथ दिइरहेको छैन । चाहेर पनि अगाडि बढ्न सकिरहेको छैन । मलाई थाहा थिएन यो रोग फेरि बल्झिन्छ भनेर । तर, बल्झियो । मेडिसिनले काम गर्न छाड्यो । मलाई गेट वेल सुन लेखिदिनुहोला । यदि म तपाईंहरुको साथमा भइनँ भने पनि मलाई नबिर्सिनु होला ।’

स्रोतका अनुसार प्रहरीले गिभिनालाई अचेत अवस्थामा उद्धार गरेको थियो । उनलाई सुरुमा टेकु अस्पताल पुर्‍याइयो । त्यहाँबाट वीरमा रिफर गरिएपछि त्यता लगिएको हो । उनलाई वीरको इमर्जेन्सीमा राखिएको छ ।

वीर अस्पतालका एक डाक्टरले अहिले अवस्था सामान्य रहेको बताए । उनका अनुसार गिभिनालाई पेनिक अट्याक र कम्भल्सिभ डिसअर्डर भएको हो । यो प्रायः केटी मान्छेलाई हुने बिमारी हो । गिभिनाको सीटी स्क्यान रिपोर्ट नर्मल आएको छ भने ब्लड रिपोर्ट आउन बाँकी छ । उनी बोल्न सक्ने अवस्थामा छिन् ।

https://www.youtube.com/watch?v=bz3xZrYk6Rc

प्रतिक्रिया