रोज ब्युटी एकेडेमीको वार्षिक उत्सबमा अग्रजलाई सम्मान र विधार्थीलाई दिक्षान्त

इनेप्लिज २०८० माघ १७ गते २२:४५ मा प्रकाशित

काठमाडौं, १६ माघ

काठमाडौंको रबिभवनमा रहेको रोज ब्युटी एकेडेमीले आफ्नो २३ औं वार्षिक उत्सब काठमाडौंमा भव्यताका साथ मनाएको छ । सो एकेडेमीमार्फत सिटिईभिटीबाट लेवल वन र लेवल टु पास गरेका व्युटिसियन सहित रोज ब्युटी एकेडेमीबाट ब्युटिसियन सम्बन्धि प्रशिक्षण लिएका तथा डिप्लोमा गरेका विधार्थीहरुलाई दिक्षित गर्दै सो वार्षिंक उत्सब सम्पन्न भएको हो । यो वार्षिक उत्सबमा सम्मानलगायत विभिन्न कार्यक्रम आयोजना गरियो ।

रोज ब्युटी एकेडेमीकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी कारँजितको अध्यक्षता तथा रोज ब्युटी एकेडेमीकी म्यानेजिङ डिरेक्टर एवम् कस्मेटिक साईन्सको पहिलो डिग्री होल्डर परिषी कारँजितको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मानित गरियो ।

कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकाश बोर्डका अध्यक्ष एवम् बरिष्ट अभिनेता भुवन केसी, लायन्स क्लब इन्टरनेशलन ३२५ डिस्ट्रिक एलका गर्भनर परमेश्वर बराललगायतका अतिथिहरुले वार्षिक उत्सब समारोहमा कलाकार, सौन्दर्यकर्मी, समाजसेवीलगायत विभिन्न ब्यक्तित्वलाई सम्मान प्रदान गरे ।

लायन्समा रहेर लामो समयदेखि योगदान पु¥याएका समाजसेवी एवम् ब्यबसायी अमित शर्मालाई सो कार्यक्रममा विशेषसम्मान गरियो । यस्तै बरिष्ट अभिनेत्री सरिता लामिछानेलाई राष्ट्रिय अभिनेत्री सम्मानबाट सम्मानित गरियो । कार्यक्रममा समाजसेवी एवम् जुम्बा टिचर राज्यलक्ष्मी कुटु, बजार व्यबस्थापक परीक्षा चौलागाईं पनि सम्मानित भए ।

यस्तै ब्युटिसियन क्षेत्रबाट सौन्दर्यकर्मीहरु सकुन सुब्बा, सिता श्रेष्ठ, करुणा पुरी, मनिषा जिसी, मनिषा जिसी, सान्ता कार्की, रजनी प्रजापित, राजेश्वरी शिल्पकार, ललिता जोशी श्रेष्ठ, रस्मिता बन्जारा, सन्ध्या शिवभक्ति, स्मृति सुब्बा, हिरादेवि पुलामी, मायाँ लामा, बिनिता श्रेष्ठ, पुनम थापा, मञ्जु कुमारी शाही, रामेश्वरी खाती, रचना भट्टराईसम्मानित भए ।

समारोहमा रोज ब्युटी एकेडेमीकी अध्यक्ष एवम् बरिष्ट सौन्दर्यकर्मी सोनी कारँजितले आफुले सन्तान जसरी हुर्काएको रोज ब्युटी एकेडेमीको २३ औं वार्षिक उत्सबसम्म आईपुग्दा गर्वको महसुस भएको बताईन् । सो समारोहलाई सम्बोधन गर्दै चलचित्र विकाश बोर्डका अध्यक्ष एवम् बरिष्ट अभिनेता भुवन केसी, लायन्स क्लब इन्टरनेशलन ३२५ डिस्ट्रिक एलका गर्भनर परमेश्वर बराल, अभिनेता प्रशान्त ताम्राकार, पत्रकार तथा गीतकार डब्बु क्षत्रीलगायतले २३ औं वार्षिक उत्सबको शुभकामना व्यक्त गरे ।

संगीतमय बनेको सो कार्यक्रम रोजकै विधार्थीहरुको स्वागत नृत्यबाट सुरु भएको थियो । कार्यक्रममा लोकप्रिय संगीतकार दीपक शर्मा आफुद्धारा सँगीतबद्ध पहिलो नम्बरमा गीत प्रस्तुत गरेर वार्षिक उत्सबलाई संगीतमय तुल्याए । सोही क्रममा दीपकद्धारा संगीतबद्ध छक्का पञ्जा सृँखलाका पहिलो नम्बरमा, दर्शन सलामलगायतका लोकप्रिय चलचित्र गीतहरु प्रस्तुत गरेर गायक डेबिड शँकरले दर्शकलाई नचाए । यस्तै गायक नारायण थापाले पनि आफ्ना चर्चित गीत गायक वार्षिक कार्यक्रमलाई सांगीतमय तुल्याएका थिए ।

यस्तै सो वार्षिक उत्सबमा इन्दु आचार्य, रिना अवाले, रचना शाक्यसहित अग्रददेखि नयाँ पुस्तासम्मका व्युटिसियनहरुको उपस्थिति थियो । सञ्चारकर्मी एवम् गायिका विष्णु मायाँ पौडेलले सञ्चालन गरेको सो वार्षिक उत्सब समारोहमा अभिनेता गजित बिष्ट, अभिनेता प्रवण भुसाल, हास्य अभिनेत्री पल्पसा डँगोल, अभिनेत्री एवम् मोडल प्रतीक्षा काफ्ले, कोरियोग्राफर एवम् सञ्चारकर्मी जयन सुब्बा मानन्धर, गायिक, अभिनेत्री एवम् सञ्चारकर्मी सरिता भारती, व्यबसायी एवम् लायन सुरेन्द्र गिरी, नकुल गिरी, सुनकुमारी श्रेष्ठसहित विभिन्न व्यक्तिहरु सो कार्यक्रममा अतिथि रहेका थिए ।

प्रतिक्रिया