यौन सम्बन्ध राख्ने मनसाय राखेरै सन्दीपले पीडितलाई होटलमा लगेको अदालतको अनुमान (भिडियो सहित)

इनेप्लिज २०८० माघ १७ गते १०:५२ मा प्रकाशित

जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेले यौन सम्बन्ध राख्ने मनसायले होटल लगेको र कमजोर आर्थिक हैसियतको फाइदा उठाएर गौशाला-२६ लाई बलात्कार गरेको ठहर गरेको छ।

न्यायाधीश शिशिर ढकालको इजलासले पुस २५ गते सुनाएको फैसलाको पूर्णपाठमा कमजोर आर्थिक अवस्था भएकी गौशाला-२६ लाई सन्दीपले पटकपटक फोन सम्पर्क गरेको र आफ्नो ख्यातिको दुरूपयोग गर्दै बलात्कार गरेको उल्लेख छ।

नाता र प्रेम सम्बन्ध नदेखिएको, पहिला पनि भेट नभएको र सन्दीप आफैंले धेरैपटक सम्पर्क गर्नु, क्लोज क्याम्पमा रहेको र भोलिपल्ट विदेश जान लागेको अवस्थामा पीडितलाई होटलमा लिएर जानुलाई अदालतले नोटमा लिएको छ।

‘सन्दीप लामिछाने क्लोज क्याम्पमा रहेको, हायात प्लेस होटलमा कोठा रहेको र घटना हुने दिनको भोलिपल्ट विदेश जाने योजनामा रहेको देखिन्छ,’ फैसलामा भनिएको छ, ‘यस्तो अवस्थामा निज प्रतिवादीले पीडितलाई होटलमा लिएर जानु र आफूलाई तय गरिएको होटलको कोठामा नबसी पीडित बसेको कोठामै बसेको देखिँदा प्रतिवादीको मनसाय पीडितसँग करणी गर्नु नै रहेको भन्ने अनुमान गर्न सकिन्छ।’

आफूमाथि जबरजस्ती भएको भन्ने पीडितको भनाइलाई स्वास्थ्य रिपोर्टले पुष्टि गरेको फैसलामा जनाइएको छ।

https://www.youtube.com/watch?v=xaXljY8SIfU

प्रतिक्रिया