दरबार ह त्याकाण्डबारे ओलीको टिप्पणी- दीपेन्द्रको प्रेम कहानी भनेर वाहियात कुराको पछाडि कुद्ने ? (भिडियो सहित)

इनेप्लिज २०८० माघ १६ गते २२:०४ मा प्रकाशित

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दरबार हत्याकाण्डमा भयानक षड्यन्त्र रहेको दाबी गरेका छन् । हत्याकाण्डको जाँचबुझ आयोगले मुख्य जिम्मेवार ठहर्‍याएका दीपेन्द्रलाई उनले ‘विचरा’ को संज्ञा दिए ।

ओलीले आज आफूले अभिनय गर्ने फिल्म ‘नमेटिने घाउ’ को पत्रकार सम्मेलनमा पत्रकारहरूसँग गफगाफ गर्ने क्रममा दरबार हत्याकाण्डबारे टिप्पणी गरेका हुन् । हालैमात्रै पूर्वराजा ज्ञानेन्द्रले हत्याकाण्डमा भ्रम फैलाएर आफूहरूलाई आरोपित गरिएको भनेर गुनासो गरेको विषयमा पत्रकारले ओलीको प्रतिक्रिया मागेका थिए ।

ओलीले जवाफ दिए, ‘दरबार हत्याकाण्ड राजनीतिक दलहरूले गरेको होइन । यति भन्न सकिन्छ विचरा दीपेन्द्र ! नेपालीहरूले विवेक गुमाउनु हुँदैन । दीपेन्द्र आफैँ मरेर मरेपछि हान्यो ? एउटा राजा हुन लागेको मान्छे त्यसरी मर्छ ? अगाडि-पछाडिबाट उसैले गोली हान्छ, ३-३ वटा राइफल एउटा पेस्तोल एकैजनाले बोकेर कुद्छ, यस्तो कुरापनि पत्याउने ?’

https://www.youtube.com/watch?v=muLarefn8a4

प्रतिक्रिया