भगवान यस्तो दुख कसैलाई नपरोस,२६ वर्षीया सुत्केरीकाे मृत्यु चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप (भिडियो सहित)

इनेप्लिज २०८० माघ १५ गते ४:१२ मा प्रकाशित

सिराहाको मिर्चैयास्थित मिर्चैया अस्पतालमा प्रसूति गराउन गएकी महिलाको मृत्यु भएको छ। पीडित परिवारले भने चिकित्सकको लापरबाहीले मृत्यु भएकाे आरोप लगाएका छन् । मिर्चैया नगरपालिका– ५ की २६ वर्षीया अल्काकुमारी साहले बिहीबार बिहान करिब साढे ५ बजेतिर दोस्रो सन्तान जन्माएपछि रक्तश्राव नरोकिएको, तर चिकित्सकले समयमै रेफर नगर्दा अकालमै ज्यान गुमाएको मृतकका श्रीमान् इन्द्रजितकुमार साहले आरोप लगाए ।

अल्कालाई बुधबार साँझ प्रसूति बेथा लागेपछि बुधार राति पौने ८ बजेतिर मिर्चैया अस्पताल भर्ना गरेको श्रीमानले बताए । नर्मल सुत्केरी भएकी उनको रक्तश्राव नरोकिएपछि चिकित्सकले भनेबमोजिम रगतको जोहो गर्नतिर लागेको जानकारी दिँदै उनले भने, ‘मिर्चैया आएलगत्तै रेफर गराएर एम्बुलेन्समा विराटनगर लैजाने क्रममा सिराहाको भगवानपुरमा बोल्न छोडेपछि सप्तरीको बोदेबर्साइनमा केही समय रोकियौँ, त्यहाँबाट विराटनगरस्थित नोबेल मेडिकल कलेज पुर्‍याएर उपचार थालिए पनि चिकित्सकले मृत घोषणा गरे ।’

अन्तिम अवस्थामा चिकित्सकले रेफर गरेकाले अकालमै श्रीमतीको ज्यान गएको उनको गुनासो छ । मिर्चैया अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सारिका गोइतले अस्पताल भर्ना भएकी अल्काले नर्मल डेलिभरी भएको र साल निस्किएपछि सामान्यभन्दा बढी रक्तश्राव भएको बताइन् ।

https://www.youtube.com/watch?v=N1OXPKZjuuM

प्रतिक्रिया