हिरासतका अभियुक्त लिएर भागेका पूर्वप्रहरी १६ वर्षपछि पक्राउ,भन्छन “नेपाल पुलिसले छाड्दैन रै छ” (भिडियो सहित)

इनेप्लिज २०८० माघ १४ गते १६:१५ मा प्रकाशित

अनुसन्धान कार्यालयको पिल्लर नम्बर ४ कोठाभित्र डिएसपी अनिल घिमिरे छन्। ठीक अगाडि बसिरहेका छन् खैरो रंगको सर्ट-पेन्ट बाहिर कालो ज्याकेट र टोपी लगाएका अर्का एक पुरूष। उनको हातमा हत्कडी लगाइएको थियो।

भित्र ती पुरूष केही बरबराइरहेका थिए, कोठा बाहिर पत्रकार र प्रहरी उभिएर उनका कुरा सुनिरहे। बीचबीचमा उनका कुरा सुनेर आसपास बसिरहेका गललल हाँसिरहेका थिए।उनी भनिरहेका थिए- नेपाल पुलिसले छाड्दैन, १६ वर्षपछि सरहरूले मलाई समातेर ल्याउनुभयो।

यसरी कोठामा बोलिरहेको केहीबेरमा शुक्रबार बिहान साढे ११ बजे कार्यालयको हलमा पत्रकार सम्मेलन सुरू भयो।

पत्रकार सम्मेलनमा कार्यालय प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले १६ वर्षअघि हिरासतमा रहेका प्रतिवादीलाई भगाएको आरोपमा एक जनालाई पक्राउ गरेको बताए।

https://www.youtube.com/watch?v=mo24HjE1Ky4

प्रतिक्रिया