फ्रान्सबाट अमेरिकामा आएका एक पर्यटकले आर्कन्ससको एक उद्यानमा ७.४६ क्यारेटको हीरा भेटे

इनेप्लिज २०८० माघ १४ गते १:२२ मा प्रकाशित

फ्रान्सबाट अमेरिकामा आएका एक पर्यटकले आर्कन्ससको एक उद्यानमा ७.४६ क्यारेटको हीरा भेटेका छन् । घुम्न आएका फ्रान्सेली पर्यटकले अमेरिकाको आर्कन्सस स्थित डायमन्ड्स स्टेट पार्क(राज्य उद्यान )मा ७.४६ क्यारेटको विशाल हीरा भेट्टाएका हुन् ।

फ्रान्सेली पर्यटक जुलियन नाभास गत जनवरी ११ हीरा पाइने उद्यानमा आएका थिए ।

“म नौ बजे उद्यानमा पुगें र खन्न थाले,” नाभासले विज्ञप्तिमा भने। नाभास एक भाग्यशाली बने किनभने उनि उक्त उद्यानमा आउनुभन्दा केही दिन अघि एक इन्चभन्दा बढी वर्षा भएको थियो, त्यसैले यो जमिन भिजेको र हिलो थियो ।

जमिनमा पानी पर्दा फोहोर पखाल्छ र सतह नजिकै चट्टानहरू, खनिजहरू र हीराहरूलाई खोल्ने सहायक उद्यान सुपरिवेक्षक वेमन कक्सले बताए।

नाभासले हिरा खोज्दै गर्दा उनले हिरा फेला पारे पछि स्तब्ध भएका थिए। बिज्ञप्ति अनुसार उनले आफ्नो हुनेवाला पत्नीको नाममा आफ्नो हीराको नाम क्यारिन डायमण्ड राखे । हिरालाई दुई भागमा विभाजन गर्ने योजना बनाए, एउटा आफ्नी बेहुलीलाई उपहार दिन र अर्को आफ्नी छोरीलाई।

सन् १९७२ मा उक्त उद्यानमा फेला परेको यो आठौं ठूलो हीरा भएको समाचार विज्ञप्ति उल्लेख गरिएको छ । औसतमा आगन्तुकहरूले त्यहाँ हरेक दिन एक वा दुई हीरा भेट्टाउँछन्। सिएनएनका अनुसार हीराहरू करोडौं वर्ष पहिले जमिनमुनि ६० देखि १०० माइलको दूरीमा बनेका थिए।

भूवैज्ञानिकहरूका अनुसार लगभग १०० मिलियन वर्ष पहिले त्यहाँ ज्वालामुखी विस्फोट भएको थियो। जसको कारण हीराहरूलाई सतहमा पुर्‍याएको राष्ट्रिय उद्यानले आफ्नो संजालस्थल(वेबसाइट)मा जनाएको छ ।

तस्बिर कृतज्ञता : आर्कन्सस राज्य उद्यान

प्रतिक्रिया