इरानका राष्ट्रपति इब्राहिम राइसीको आइतबार दिउँसो उदग्रबिमान(हेलिकप्टर )मा दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बेर कार्यबाहक राष्ट्रपति भएका छन् ।
मोख्बेरले राइसीका उपराष्ट्रपतिको रूपमा सेवा गरेका थिए । मे २० सोमबारका दिन सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले मोख्बेरलाई कार्यवाहक राष्ट्रपतिको रूपमा अनुमोदन गरेका थिए।
संविधानको धारा १३१ बमोजिम उपराष्ट्रपति मोहम्मद मोख्बेरले सरकारको जिम्मेवारी सम्हालेका हुन् । आयातोल्लाह खामेनीले मोख्बरलाई सरकारका तीन शाखाका अन्य दुई प्रमुखहरूसँगको सहकार्यमा अधिकतम ५० दिनभित्र नयाँ राष्ट्रपति चयन गर्ने व्यवस्था गर्न आग्रह गरे ।
इरानले कानुनअनुसार अबको ५० दिन भित्र निर्वाचन गर्नुपर्छ । सोमबार ,इरानी सरकारी समाचार इर्नाका अनुसार इरानको राष्ट्रपति चुनाव शुक्रबार,जुन २८ मा हुनेछ। उम्मेदवारहरूले मे ३० देखि जुन ३ सम्म दर्ता गर्न सक्नेछन्, । र ,प्रचार समय जुन १२ देखि जुन २७ को बिहान सम्म चल्नेछ ।
यसैबीच, होसेन अमिर–अब्दुल्लाहियानको दुर्घटनामा निधन भएपछि अली बगेरी कानीलाई इरानको कार्यवाहक विदेशमन्त्रीमा नियुक्त गरिएको छ ।
इरानको सरकारी सञ्चारमाध्यमले आज ६३ वर्षीय राइसी, विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र अन्य ७ जनाको देशको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा आइतबार भएको उदग्रबिमान (हेलिकप्टर) दुर्घटनामा निधन भएको पुष्टि गरेको छ ।
प्रतिक्रिया