दलितसँग बिहे गरेको भन्दै श्राद्धमा आएनन् पुरेत, जती नै भाषण गरेपनी नेपालमा अझ जातिय बिभेद रहेछ (भिडियो सहित)

इनेप्लिज २०८० माघ १३ गते १६:४६ मा प्रकाशित

काभ्रेमा एक परिवारले दलित बुहारी भित्र्याएको कारण पुस्तेनी पुरोहितले इन्कार गर्दा तिथिको श्राद्ध नै रोकिएको छ । काभ्रेको भुम्लु गाउँपालिका- २, सिम्थलीको धर्मध्वज भण्डारीले दलित महिलासँग विवाह गरेको कारण पण्डित माधव न्यौपानेले इन्कार गरेपछि बाबुको श्राद्ध नै रोकिएको हो ।

धर्मध्वजका बाबुको श्राद्ध गर्ने तिथि बिहीबार थियो । धर्मध्वज र उनकी श्रीमती देवकीले एक साताअघि नै श्राद्ध गर्न आइदिन पुरोहित न्यौपानेलाई अनुरोध गरेका थिए । तर, हिजो श्राद्धको सामग्री ठीक पारेर बसेको परिवारकहाँ श्राद्ध गर्न पण्डित न्यौपाने गइदिएनन् ।

धर्मध्वजकी आमा गंगादेवी भण्डारीले बेलुका ९ बजेसम्म केही नखाइ आफूहरु कुरेर बसेको बताइन् । ‘एकै दिन धेरै ठाउँमा श्राद्ध गर्ने तिथि पर्ने भएकाले ढिला होला भनेर आमाछोरा कुरिरह्यौं’, गंगादेवीले नेपाल प्रेससँग भनिन्, ‘ढिलो भयो, गुरुलाई फर्किंदा साधनको व्यवस्था गर्नुपर्छ भनेर तयारी गरेका थियौं । तर, गुरु आउनुभएन ।’

धर्मध्वजका बुबा रामबहादुर भण्डारीको २०७७ साल माघ ३० गते निधन भएको हो । पुस्तेनी पुरोहित भएकोले रामबहादुरको किरिया, वार्षिक तिथिलगायतका सबै काम न्यौपानेले नै गर्दै आएका थिए ।

https://www.youtube.com/watch?v=Pw0GKIUg9hM

प्रतिक्रिया