अष्ट्रेलिया गएकी सुष्मा कार्कीलाई प्रश्न : यतै घरजम गर्न लाग्नुभएको हो ? भन्छिन् मेरो मनले खाएको पुरूष यहाँ नहोला भन्न सकिन्न (भिडियो सहित)

इनेप्लिज २०८० माघ १३ गते ९:५९ मा प्रकाशित

अभिनेत्री सुष्मा कार्की सधैं चर्चामा हुन्छिन् । कहिले फिल्म र कहिले सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिले उनलाई चर्चामा ल्याएका हुन्छन् । जे जसरी भएपनि फिल्ममा लागेदेखि सुष्मा गुमनाम हुनुपरेको छैन । यो मेसोमा उनको विदेश दौडाहा पनि चलिरहेको छ ।

यतिबेला उनी अष्ट्रेलियामा छिन् । अष्ट्रेलियामा यतिबेला गर्मीयाम छ । सिड्नीको यो गर्मीमा सुष्मा एक्कासि भेटिइन् । भेटमा उनले भनिन्, ‘म चरी हो, कहिले कहाँ त कहिले कहाँ उडिरहन्छु । उड्ने क्रममा कहिले कहाँ त कहिले कहाँ पुगिन्छ । अहिले सिड्नी आइपुगेकी छु ।’

एक कार्यक्रममा सहभागी हुन सिड्नी पुगेकी सुष्माले यहाँ आफ्ना थुप्रै फ्यानलाई भेटिन् । ‘यही त हो नि हामीले कलाकारितामा लागेर कमाएको धन । नेपालमा रहँदा होस् या नेपाल बाहिर जाँदा होस्, मैले सधैं माया र साथ पाइरहेकी छु,’ उनले प्रसन्नता व्यक्त गरिन् ।

मनमा कुरा नराख्ने अनि स्पष्ट विचार राख्ने उनको स्वभाव छ । उनको यो बानीलाई मनपर्ने सिड्नीमा धेरै रहेछन् । ‘म जे हो त्यही हो । नौटंकी गर्न आउँदैन मलाई । स्पष्ट बोल्दा मलाई धेरै पटक विवादमा पनि पारियो । तर मलाई केही फरक परेन । ढाँट्नु, धम्क्याउनु, पेल्नु वा अरूलाई मूर्ख बनाउनु मेरो पहिचान होइन । म हिजो पनि स्पष्ट, आज पनि र भोलि पनि यस्तै हो,’ उनले भनिन् ।

https://www.youtube.com/watch?v=FgXsZL6wi-g

प्रतिक्रिया