घरमा कोही नभएको मौका छोपि आफ्नै विद्यार्थीलाई जबर्जस्ती प्रयास गरेको आरोपमा शिक्षक पक्राउ (भिडियो सहित)

इनेप्लिज २०८० माघ १३ गते २:५९ मा प्रकाशित

आफूले पढाउँदै आएकी किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा सर्लाही प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ। हरिवन नगरपालिका- ११ घर भइ हरिवन- १० क्याम्पस टोलमा रहेको मोडल युरिका बोर्डिङ स्कुलमा कार्यरत शिक्षक ४२ वर्षीय रवीन कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

घरमा कोही नभएको मौका छोपेर गएको बुधबार किशोरीको घर पुगेका कार्कीले किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेका अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। किशोरीले प्रतिवाद गरेपछि घटना बाहिरिएको हो।

पीडित पक्षको उजुरीको आधारमा कार्कीलाई पक्राउ गरेर बिहीबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर अनिल गिरीले जानकारी दिए।

भिडियो हेर्न तल क्लिक गर्नुहोला :

https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2F100063705153697%2Fvideos%2F1112074886469253%2F&show_text=false&width=560&t=0

प्रतिक्रिया