ओमन पुगेकी महिलाले रुदै भनिन –‘मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्’(भिडियो सहित)

इनेप्लिज २०८० माघ १२ गते २२:२४ मा प्रकाशित

झापाकी सानी माया नेपाली (नाम परिवर्तन) लाई मानव तस्करले आकर्षक रोजगारीको प्रलोभन देखाएर गैरकानुनी बाटोबाट भारतको नयाँ दिल्ली हुँदै ओमान पु(याएर एक ओमानी नागरिकको घरमा बिक्री गरे । करिव एक वर्षअघि त्यहाँ पुगेकी उनलाई हरेक दिन घर मालिकले शारीरिक तथा मानसिक यातना दिन थाले । आफूलाई ओमानको बर्खर भन्ने ठाउँमा बन्दी बनाएर राखेको भन्दै उनले तत्काल उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेकी छन् ।

‘म यहाँ आएको एक वर्ष भयो, मलाई बन्दी बनाएर राखिएको छ, मेरो राहदानी त राख्यो राख्यो, मेरो नेपालको नागरिकता र नेपालको बैंक एकाउन्ट नम्बर पनि खोसेर राखेको छ, मैले एजेन्टलाई पनि मेरो समस्या’भनेँ, एजेन्टले जहाजको टिकटको पैसा दिए निकाल्छु भन्यो, मैले पैसा पनि हालिदिएँ, तर एजेन्टले पैसा पाएपछि मेरो नम्बर नै ब्लक गर्यो, अब म कसरी नेपाल फर्किने हो ? मलाई यहाँबाट जसरी भएपनि निकाल्नुहोस्,’ उनले एक भिडियो सन्देश जारी गर्दै भनेकी छन् ।

https://www.youtube.com/watch?v=dpWdiBN3mqs

प्रतिक्रिया