राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न गएनन् बालेन, बालेनले बाहिस्कार गरेकै हुन त ? (भिडियो सहित)

इनेप्लिज २०८० माघ ११ गते २३:५० मा प्रकाशित

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मतदानको समय सकिएको छ।बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको थियो।सो अवधिमा प्रदेश सभाका सदस्य र स्थानीय सरकार प्रमुख/ उपप्रमुखहरूले मतदान गरेका छन्।

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका जनप्रतिनिधिहरू बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालले भने भोट दिएनन्।

काठमाडौं महानगरपालिकाका मेयर बागमतीका मतदाता हुन्। उपमेयर सुनिता डंगोल मतदान गर्न हेटौंडा गएपनि मेयर बालेन शाह भने गएनन्।उनी कार्यव्यस्तताका कारण मतदान गर्न नगएको बालेनको सचिवालयले जानकारी दिएको छ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि मतदान गर्न गएनन्। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल पनि कार्यव्यस्तताका कारण मतदानमा सहभागी नभएको उनको सचिवालयले जनाएको छ।

https://www.youtube.com/watch?v=dWddLfvFbow

प्रतिक्रिया