रबि लामिछाने फेरि ठुला नेतासंग आक्रोशित

इनेप्लिज २०८० माघ ११ गते २३:२४ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले व्यवस्थाका केही हाइज्याकरहरूलाई हराउने आँट गरे देश बन्ने दाबी गरेका छन् । संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानून बनाउन सिङ्गो संसदले सर्वदलीय प्रतिवद्धता गरेको दिन देश सुमार्गमा हिँड्न शुरू हुने उनको भनाइ छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने सर्वदलीय सहमति गरेको दिनदेखि देश बन्न शुरू हुन्छ । संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानून बनाउन सिङ्गो संसदले सर्वदलीय प्रतिवद्धता गरेको दिन देश सुमार्गमा हिँड्न शुरू हुन्छ । त्यसपछि मिडियासोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिनरात नाङ्गो भइरहनु पर्दैन । आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौं, तलबी सेना अफ बिटमा ननचाऔं । फेस गरौं, फेस नलुकाऔं ।’

उनले स्वाद र सुविधाअनुसार गलत ज्ञान पेलेको पेल्यै नगर्न आग्रह गर्दै देश बन्ने उल्लेख गरेका छन् ।

‘व्यवस्थाका केही हाइज्याकरहरूलाई चुनावबाट हराउन आँट गरेमात्र पुग्छ । नागरिकका अधिकार बीचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाका लागि दिनरात खट्ने ८१० थान मतियार (न्यारेटिभ सेटर) हरूले लामो छुट्टी लिए, सामाजिक सञ्जालपनि अझ इन्ट्रेस्टिङ बन्थ्यो’ उनले भनेका छन्, ‘अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरुको अन्त्य चुनावबाट गरेपपछि मात्रै बन्छ । चुनाव कहिले ? ? ८४ मा ।’vvv

https://www.youtube.com/watch?v=ml7Uf9ZPXsk

प्रतिक्रिया