न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन (Alpine Sports Association, INC )

इनेप्लिज २०८० माघ ११ गते २३:१४ मा प्रकाशित

साहसिक पर्वतीय खेलकूदलाई अन्तर्राष्ट्रियस्तरमा प्रबर्धन गरिने 

काठमाण्डू/ साहसिक पर्वतीय खेलकूद हरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रबद्र्धन गर्ने उदेश्यले न्यूयोर्कमा पर्वतीय खेलकूद संघ ( Alpine Sports Association – North America Nepal ) गठन भएको छ । अन्तराष्ट्रिय माउण्टेन गाइड तथा प्रशिक्षक (IFMGA)ङवाङ नीमा शेर्पाको अध्यक्षतामा न्यूयोर्क राज्यमा गठन भएको सो संस्थाले पर्वतीय खेलकूदमा सहभागी हूनचाहने खेलाडी, युवापीढ़ी हरुलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने र साहसीक पर्वतीय पर्यटन (adventure Tourism) को देश विदेशमा प्रचार प्रसार गरी नेपालको पर्यटन उद्योगलाई प्रबर्धन गर्ने रहेको छ ।

संस्थाको उपाध्यक्षमा समाजसेवी तथा गाईड पेमा छेवाङ शेर्पा, महासचिवमा पर्वतीय खेलकूद क्षेत्रका बरिष्ठ संचारकर्मी सन्जोग आचार्य, सचिवमा सगरमाथा आरोही मिङमा टी शेर्पा र कोषाध्यक्षमा पर्वतारोहण प्रशिक्षक गेल्बु शेर्पा हुनुहुन्छ । त्यसैगरी, सदस्यमा बिश्व कीर्तिमानी आरोही छुरीम शेर्पा, सगरमाथा आरोही टाशि शेर्पा सगरमाथा आरोही सोनाम शेर्पा, हिमाली खानाका फूड गुरु सुरेश बस्नेत, क्यानडा निवासी आरोही डेन्डी शेर्पा, सगरमाथा आरोही उषा बिष्ट, सगरमाथा आरोही अन्तराष्ट्रिय माउण्टेन गाइड (IFMGA) नीमा टाशी शेर्पा , एथलेटिक्स खेलाडी सोनाम शेर्पा र होटल ब्यबसायी बिक्रम अधिकारी हुनुहुन्छ । संस्थाको संरक्षककमा न्यूयोर्क राज्यका बरिष्ठ ब्यबसायी तथा समाजसेवी गेल्जेन नुरु शेर्पा, प्रमुख सल्लाहकारमा शेर्पा केदुगका वर्तमान अध्यक्ष तथा बरिष्ठ समाजसेवी तेम्बा शेर्पा, होटल ब्यबसायी रोशन बालान, कोलाराडोका सफल ब्यबसायी तथा समाजसेवी पाइलट पेम्बा शेर्पा र मिचिगन निवासी विश्वकीर्तिमानी आरोही पेमदोर्जी शेर्पा हुनुहुन्छ । पर्वतीय खेलहरूलाई बिस्तार गर्ने उदेश्यले स्थापना भएको संस्थालाई नेपाल ओलम्पिक कमिटी (NOC) खेलकुद मन्त्रालय, सगरमाथा आरोही संघ, नेपाल आरोहण खेलकुद संघ (NCSA) र अन्य सम्बन्धित संघ सस्थाले सहकार्य र समर्थनको प्रतिबद्धता जनाएका छन् । स्की, वाल क्लाइम्बिङ, माउण्टेन बाइक, प्याराग्लाइडिड, रक क्लाइमिडलगायतका पर्वतीय खेलकुद गतिविधिहरुमा भाग लिने दिने तथा राष्टिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई सहभागिताको लागि प्रोत्साहन गर्ने उदेश्य यस संस्थाको लक्ष्य रहेको छ।

प्रतिक्रिया