पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार पिटर नाभारोलाई ४ महिना कैद सजाय दिईएको छ ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार पिटर नाभारोलाई ६ जनवरी २०२१ मा सॅसदको आक्रमण बारे कङ्ग्रेसको अनुसन्धानसँग सम्बन्धित बोलावटलाई अस्वीकार गरेपछि बिहीवार ४ महिनाको कैद सजाय सुनाइएको हो।
नाभारोलाई गत बर्ष सेप्टेम्वपमा कांग्रेसको अवहेलनाको दुईवटा मुद्दामा दोषी ठहराइएको थियो ।
आक्रमणको छानबिन गर्ने तल्लो सदनको चयन समितिले दिएको आदेशमा आउन अस्विकार र आदेश पालना नगरेको आरोपमा ४ महिनाको कारागार सजाए सुनाईएको सिएनएनले जनाएको छ ।
प्रत्येक गणनामा अनिवार्य न्यूनतम एक महिनाको कारागार सजाय हुनेछ ।
तर अभियोजकहरूले अमेरिकी जिल्ला न्यायाधीश अमित मेहतालाई प्रत्येक गणनाको लागि छ महिनाको सजाय दिन र उनलाई २ लाख डलर जरिवाना गर्न भनेका थिए।
प्रतिक्रिया