अनेसासकी आदरणीय आमा नन्दादेवी संस्मरण एवं शब्द–श्रद्धाञ्जली

इनेप्लिज २०८० माघ ११ गते २:३५ मा प्रकाशित

शिव लामिछाने, सचिव (२०१५–२०२३), बोर्ड अफ ट्रस्टिज

जनवरी १६ मा पदमजी (अनेसास बिओटी अध्यक्ष पदम विश्वकर्माजी) र अनेसास बिओटीका सल्लाहकार पुरु सुवेदीजीको फेसबुक स्टाटस पढेर थाहा पाएँ— जनवरी १५ मकर सङ्क्रान्तिको पावन दिनमा अनेसासका संस्थापक अध्यक्ष आदरणीय होमनाथ सुवेदीकी धर्मपत्नी एवं बिओटी सल्लाहकार पुरु सुवेदी, तथा बिओटी सदस्य प्रकाश सुवेदी र डा. कल्पना सत्यालकी ममतामयी माता नन्दादेवी सुवेदीको पुण्यात्मा जीर्ण शरीर छाडेर महाकाशमा बिलीन भयो भन्ने वियोगपूर्ण समाचार । आदरणीय नन्दादेवी आमाको परलोक गमन पुण्यात्मालाई चिरकाल बैकुण्ठबास मिलोस्, परब्रह्म परमेश्वरसँग प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पिता (परिकल्पनाकार÷संस्थापक अध्यक्ष एवं निरन्तर ३३ वर्षसम्म संस्थाको एकएक विषयमा अभिभावकीय वात्सल्य दिइरहनुहुने) आदरणीय होमनाथ सुवेदीकी धर्मपत्नी नन्दादेवी सुवेदी सात वर्षअघि मस्तिष्कघातबाट पीडित भई क्रमश अचेत हुँदै जीवनसँग संघर्ष गरिरहनुभएको थियो । मस्तिष्कघातबाट यति धेरै समयसम्म पीडित भई जीवन पाउनु भनेको अचेत भए पनि व्यक्तिका लागि निकै कष्टकर अवस्था हो । तर होमनाथ सुवेदी बुबाले हरेक पटक हामीसितको भेटमा भन्ने गर्नुहुन्थ्यो, “यो यिनको पुनर्जन्म हो, यिनलाई मैले छोरीलाई जस्तो माया दिन पाइरहेको छु ।” अन्तिम श्रद्धाञ्जली दिने समारोह र घरमा किरियापुत्री भेटमा जाँदा कुराकानीका क्रममा पनि बुबाले सविस्तार आमा नन्दादेवीको मस्तिष्कघातपछिको पुनर्जन्म र त्यसपछिका सात वर्षलाई अत्यन्त अनुपम रूपमा बिताएको कुरा बताउनुभयो ।

यतिसम्म कि उहाँले पछिल्ला सात वर्ष एकातिर आफ्नै अर्धाङ्गिनीलाई नवजात छोरीका रूपमा हेर्दै हरेक वर्ष जन्मोत्सव मनाउँदै सात वर्ष कटाएको तथा पलपल उहाँलाई साथ दिएर खुवाउने पियाउनेमात्र नभई डायपर फेर्नेदेखि लिएर हरेक दिन दुईतीनपटक फरकफरक कपडा पहिराई घुमाउन लैजाने काम पनि बडो आनन्दका साथ गरेको कुरा सहर्ष बताउनुभयो । उहाँले आमाको कपाल रङ्गाइदिने, नङ पालिस गरिदिने, नङ काटिदिने तथा नुहाइदिने आदि काम आफैँले गर्नुभयो । साथमा सुसारे भए पनि पुत्रीवत् प्रेम दर्साउन उहाँले छोड्नुभएन ।

एक प्रसङ्गमा होमनाथ बुबाले भन्नुभयो— “एकातिर उनी त्यो बिमारपछि अर्धचेत र अचेत हुँदै सात वर्ष बाँचिन्, एकातिर मैले मेरी अर्धाङ्गिनीलाई छोरीजस्तो वात्सल्य दिन प्रयास गरिरहेँ अर्कातिर उनी मेरी अर्धाङ्गिनी हुन्, जसका कारण म आज म भनेर चिनिएको छु, उनलाई म मरेपछि स्वर्गमा भेटुँला नभेटुँला तर उनी बाँच्दैमा मैले उनका साथ स्वर्गको आनन्द किन नलिने भनेर सम्भव भएसम्म उनी हिडुन्जेल र उनले ह्विलचेयरमा बस्न सकुन्जेल मैले उनलाई बगैँचा, पार्कहरूमा डुलाउन लगिरहेँ । सुन्दर सपिङ मलका चिल्ला मार्वलमा उनलाई हिडाइरहेँ । त्यो यात्रामा म उनीसँग स्वर्गमा भएको कल्पना गर्थेँ । मरेपछिको स्वर्ग कसले देखेको छ र ? मैले यही जीवनमा धेरैपटक स्वर्गमा उनीसँग भएको कल्पनालाई आफैँ सहभागी भएर यथार्थमा अनुभव गरेको छु ।”

हिड्न सकुन्जेल हिँडाएर, शारीरिक अशक्तता बढ्दै गएपछि डोहो¥याएर, हात चल्न छाडेपछि बाबुले छोरीलाई जस्तै आफ्नै हातका औँलाले खाना मुछेर खुवाएर अनि अर्धचेतमा हुनुभएकी आमाका हातका लबटाले बलपूर्वक बुबाका गालामा हिर्काउँदा खुशी हुँदै हात पन्छाएर पुनः आमालाई खाना खुवाउँदै गरेको हामीले देखेका छौँ । होमनाथ बुबाले उहाँलाई ह्विलचेयरमा गुडाउँदै पार्कमा लैजानका लागि उपयुक्त मौसम कुर्दै गरेका हरेक दिनका सन्दर्भ पनि हामीले नजिकबाट देखेका छौँ । म र मेरी धर्मपत्नी पार्वती नन्दादेवी आमा बिरामी हुनुभएपछिका विभिन्न सन्दर्भमा उहाँकै सम्झना गर्दै कुरा गरिरहन्छौँ । विशेष गरी भर्खर नेपालबाट आएकी मेरी धर्मपत्नी पार्वतीले भान्सामा खाना निकाल्ने बेला राइसकुकरको तार नछुटाउँदा नन्दादेवी आमाले उनलाई सम्झाउनुभएको कुरा उनी सदैव भान्सामा भएका बेला सम्झिन्छिन् ।

राइसकुकरको सन्दर्भ मार्च १२, सन् २०१७ को हो । अनेसासको इतिहास नामक पुस्तक तयार भएपछि होमनाथ बुबाले १०० डलर दिएर यसको प्रकाशनमा सहयो गर्ने सबैलाई एकएक प्रति किताब दिने कुरा सुनाउनुभएपछि मलाई निकै खुशी लाग्यो । किताब तयार हुने व्रmममा केही लेखको सम्पादन गर्ने अवसर पाउँदा म खुशी छँदै थिएँ । हामीबीच भेट गर्ने कुराकानी फोनबाट भएपछि होमनाथ बुबा र नन्दादेवी आमा मेरो च्यान्टिलीमा रहेको डेरामा आउनुभयो । मेरी धर्मपत्नी पार्वती, छोरा अच्युत र छोरी अभिज्ञा सन् २०१६ मा नेपालबाट आएपछि हामी छोरीको स्कुलका लागि भनेर च्यान्टिलीमा बस्दै आएका थियौँ ।

उहाँहरू हाम्रो निवासमा आउनुभएपछि किताब दिनुभयो । कति ठूलो किताब मेरो हातमा परेको, नेपाली भाषाको किताब, प्रवासबाट तयार पारेको किताब, अनेसासको समग्र नालीबेली (अझ भनौँ रौँचिरा गरिएको) बोकेको किताब, त्यो पनि आफ्नै एकाग्रता, लगन, संयोजन अनि सबै विषयमाथिको तटस्थताका आधारमा बुबाले सम्पादन गर्नुभएको किताब उहाँकै हातले दिँदा मन गद्गद् नहुने कुरै भएन । हामी कुरामा थियौँ, नन्दादेवी आमा भान्सामा जानुभयो, पार्वतीसित केके भन्नुभयो हामीले ध्यान दिएनौँ । हामीले खाना खायौँ, यताउतिका कुरा भए, त्यसै दिनदेखि मैले त्यसअघि भन्ने गरेको होमनाथ दाजु भन्ने आदरको नाता फेरेर उहाँलाई होमनाथ बुबा भन्न थालेँ, खासमा मैले खाना खाने टेबलमा उहाँसित यो प्रस्ताव राखेको थिएँ । बाबुआमा सदाका लागि विदा भइसक्नुभएको म अनाथका लागि मप्रति उहाँको पितृवत् प्रेमको आभास भयो, बुबाका रूपमा सम्मान दिन मेरो हृदयले मलाई घच्घच्यायो । पार्वतीले त्यसदिनदेखि भान्सामा भएका बेला प्रायः मलाई सम्झाउने गर्छिन्, “राइसकुकरको तार देखेपछि म उडब्रिजकी आमालाई सम्झन्छु । त्यसदिन उहाँले मलाई तार सधैँ छुटाएर मात्र खाना झिक्नुपर्छ, यसो गरेमा सदैव बानी लाग्छ भनेर सम्झानुभयो ।” कुरा सामान्य हो र सामान्य लाग्छ, तर यो जीवनभरि नबिर्सने संयोगका रूपमा त्यो दिन प्रस्तुत भएको सन्दर्भ थियो त्यो ।

सन् २०१३ मा न्युयोर्कबाट भर्जिनिया आउन हर्नडन निवासी भाइ घनेन्द्र लामिछानेले मलाई जोर दिएपछि भर्जिनिया आएकै दिन हामी दाजुभाइ होमनाथ बुबालाई भेट्न साउथ राइडिङ् गयौँ । त्यो होमनाथ बुबाका जेष्ठ सुपुत्र पुरुजीको निवास रहेछ । त्यहीँ हो मैले पहिलो पटक नन्दादेवी आमा, होमनाथ बुबा (म होमनाथ दाजु भन्थेँ, फोनमा हाम्रो कुराकानी पहिले पनि भएको थियो) पुरुजी, कल्पना सुवेदी (पुरुजीकी धर्मपत्नी), कल्पनाजीकी माताजीसँग भेट भएको थियो । उहाँले अनेसासबारे धेरै कुराकानी गर्नुभयो र हामीले साथमा रात्रीभोज गरेका थियौँ । पछि म उडब्रिज गएको थिएँ कुनै कामले । नन्दादेवी आमाले पकाउनुभएको तातोमिठो व्यञ्जन भोजन गर्ने अवसर मिल्यो । मलाई सम्झना छ, उहाँले मलाई घरपछाडिको बारीबाट टाटेसिमीको तरकारी पठाउनुभयो ।

यी भेटका अतिरिक्त अनेसासका कार्यव्रmमहरूमा होमनाथ बुबा जहाँ जानुहुन्छ, आमा साथमै हो । उडब्रिजको लिजभेनिया पार्कमा भएको भानुजयन्तीमा घरमा पकाएर ल्याएका खानेकुरा करीब दुई सय सहभागीलाई उहाँ आफैँले बाँड्नुभएको सम्झना आइरहन्छ । एकजना निरक्षर नारी भएर पनि मञ्च पाएपछि धेरै बोल्नुपर्ने पतिलाई बीचमा रोक्न र मन्तव्य सिध्याउन सदैव सम्झाइरहने समयको परिपालक नारीका रूपमा उहाँले आफूलाई अनेकन कार्यव्रmममा प्रस्तुत गर्नुभयो ।

अनेसासको स्थापना, यसको विकास, घरायसी कुरामा प्रायः ढुक्क देखिनुहुने पतिलाई हरेक कुरामा सघाउँदै अमेरिका, नेपाल र विश्वका विभिन्न देशमा भएका अनेसासका कार्यव्रmम, सम्मेलन, समारोहहरूमा पुगेर सबैसित उस्तै प्रेमल र अभिभावकीय व्यवहार प्रस्तुत गर्नुहुने नन्दादेवी आमा वास्तवमा तीन सन्तान (पुरु सुवेदी, प्रकाश सुवेदी र डा कल्पना सुवेदी) की आमामात्र नभई एसिया, युरोप, अफ्रिका अस्ट्रेलिया र अमेरिकामा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी आमा भएर सन्तानका रूपमा पालनपोषण गरी यसलाई यौवनअवस्थाको संस्था बनाउनुभयो । परिवारमा कोही नारी महान् भयो भने नारीको मात्र र पुरुष महान् भयो भने पुरुषको मात्र प्रशंसा र सम्मान गर्ने हाम्रो चलन व्याप्त छ । अर्को पक्ष सदैव ओझेलमा रहेर महत्वपूर्ण काम गरिरहेको हुन्छ । तर होमनाथ सुवेदी बुबाले नन्दादेवी आमालाई त्यो अवस्थामा पर्दापछाडि राख्नुभएन, उहाँले साथमा लिएर हिड्नुभयो । अनि नन्दा आमा नि, के उहाँ एक अध्यक्षकी पत्नी भएर एउटा सम्मान्यको कुर्सीमा दर्शक दीर्घामा बसिरहनुभयो ? होइन, उहाँले आफ्नो उपस्थिति मौलिक विशेषताका साथ प्रस्तुत गर्नुभयो । गीत गाएर, नाचेर, खाना बाँडेर, भेटेका सबैसित भलाकुसारी गर्दै परिवारका अन्य सदस्यको अवस्थाबारे सोधेर अनि आफ्नै पतिको समयप्रतिको बेहोसीमा सजग गराएर उहाँले प्रेम, जिम्मेवारी, कर्तव्य, अपनत्व बाँडिरहनुभयो ।

व्यक्तिमा भएको उर्जा भन्ने कुरा आँखाले देखिँदैन, एकाध जान्ने व्यक्तिले मात्र यसको अनुभव गर्न सक्छन् तर त्यो अदृश्य कुराले सबैलाई प्रभाव भने पारिरहेको हुन्छ । यो इन्द्रियबोधको विषय होइन । नन्दादेवी आमामा त्यो अभिभावकीय आकर्षण थियो, जसको नजिक पुगेपछि सबैलाई बात्सल्यको प्रेम पाएको अनुभूति हुन्थ्यो । नाताले कसैले दिदी, कसैले भाउजू, कसैले काकी, कसैले मेडम त कसैले आमा भन्नु स्वाभाविक र सहज हुने कुरा भयो, तर सबैले पाउने माया उहाँबाट मातृवत् माया थियो । भोग्ने व्यक्तिलाई बोली र व्यवहार एकैसाथ उसै गरी प्रस्तुत भएपछि मात्र यो मायाको बोध हुन्छ ।
माथि नै मैले लेखेँ, नन्दा आमाले सात वर्ष मस्तिष्कघातपछिको अर्धचेत हुँदै अचेत जीवन व्यतित गर्नुभयो । बोल्न अशक्त एक बालिकाको व्यवहार आफ्ना पति र सन्तानका अघि उहाँले नचाहेर प्रस्तुत गरिरहनुभयो ।

महाभारतमा एउटा प्रसङ्ग आउँछ, भीष्म पितामहले त्यत्रो युद्धका क्रममा पीडाग्रस्त भएर शरीरमा अडिएका बाण नै बाणको टेकामा सुत्नुपरेको थियो । उहाँलाई सबैले भेट्न आए— पाण्डव, बाँचेका कौरव अनि र नातेदार तथा महारथीहरू । साथमा भगवान् श्रीकृष्ण पनि आउनुभयो । भीष्म पितामहले भगवान् श्री कृष्णसँग सबैलाई बाहिर जान अनुरोध गरी एकान्तमा सोध्नुभएको थियो रे, “मैले पूर्वजन्मको कुन जुनीमा गरेको के पापका कारण यस्तो पीडामा बाँच्नुपरेको हो, म केही दिनमा इच्छामृत्यु ग्रहण गर्दैछु, त्यसअघि जान्न चाहन्छु ।”

भगवान् श्रीकृष्णले भन्नुभयो रे, “हजुर आफ्ना पूर्वजन्म सबै देख्न सक्नुहुन्छ त, एक पटक हेर्र्र्दै जानुहोस् न, थाहा पाइहाल्नुहुन्छ नि ।” भीष्म पितामहले आफूले १०० जन्मसम्म हेर्दा पनि यो सजायँ भोग्ने अपराध नगरेको कुरा सुनाउनुभयो रे । भगवान् श्रीकृष्णले उहाँलाई १०१ औँ जन्मका घटना हेर्न सल्लाह दिनुभयो रे ।
यस जन्ममा सचेत भएर नन्दा आमाले सात वर्षसम्म भोगेको यो अचेतताबारे कसैसँग सोध्ने अवसर पक्कै पाउनुभएन, सायद, भगवानको घरमा पुगेपछि उहाँको मुक्त चेतनाले अवश्यै सोध्यो वा सोध्छ होला ।

हामीले पितामाताको सेवा गर्ने श्रवणकुमारको मार्मिक कथा सुनेका पढेका छौँ । पतिको पीडामा जीवनभर साथ दिएर सेवा गर्ने पत्नीका कथा सुनेपढेका छौँ । तर, होमनाथ बुबाले रोगले थलिएकी पत्नीको स्याहारसुसारमा कुनै बेला कुनै बहानामा झिँजोझर्को मानेको लक्षण प्रस्तुत गर्नुमा त कल्पना पनि भएन, बरु “मैले उनको यो अवस्थामा सेवा गर्ने अवसर लिएर आएको रहेछु” भन्नुहुँदा पत्नीप्रेमको यो अनुपम नमुनाको घटनाले हाम्रो हृदय उहाँप्रतिको सम्मान र प्रेमका कारण पग्लन्छ ।

हिजो माघ १ गते नन्दा आमाको पुण्यात्माले नश्वर देह त्याग गरेको आज जानकारी पाएपछि पुरुजीलाई मातृवियोगको शोकमा समवेदना प्रकट गर्दा होमनाथ बुबासित कुरा गर्न पाएँ । बुबाले आज यो वियोगका अवस्थामा पनि हाँसेर (हामी भिडियो कलमा थियौँ) यही कुरा दोहो¥याउनुभयो । अध्यात्मदर्शन र वेदान्तको अध्ययन र त्यसबारे कुरा गर्न रुचाउन थाल्नुभएका बुबाको बानीबारे एक वर्षअघि अस्पतालमा नन्दादेवी आमालाई भर्ना गरेका बेला पार्वती र म भेट्न जाँदा पनि थाहा पाइसकेका थियौँ । सांसारिक मायामोहलाई जीवनको उत्तरार्धमा त्याग्दै गएपछि व्यक्ति शरीर, सम्पत्ति र सांसारिक मोहबाट मुक्त हुन्छ यसले नै चेतनाले महाकाशमा फैलने अवसर पाउँछ । म को हुँ र मेरो शरीर केका लागि हो भन्ने बोध चेतना छँदै व्यक्तिमा हुँदै जानुपर्दछ । यो पूर्वीय अध्यात्मदर्शको मुख्य सार हो ।

नन्दादेवी आमाले शरीर छाडे पनि आफ्नो मानवीय गुण छोराछोरीलाई छोडिदिएर जानुभएको छ । समाजसेवामा पुरुजी र कल्पनाजीले आफ्ना तर्फबाट अनुपम नमुना डीसी क्षेत्रका प्रवासी नेपाली समुदायका माझ विगत केही दशकदेखि अनवरत रूपमा प्रस्तुत गर्दै आउनुभएको छ । अनेसासका माध्यमबाट सुवेदी परिवारसँग जोडिएको यो आत्मिक सम्बन्ध पछिल्लो समय पुरुजी र कल्पनाजीले जीवन विज्ञान अमेरिकाको संस्थापक कार्यसमितिमा जोडिनुभएपछि अझ सघन र आत्मीय बनेको छ । सबैका लागि म हुँ र सबै मेरा लागि हुन् त्यसैले सबैलाई मैले केही न केही योगदान वा सहयोग गर्नुपर्छ भन्ने भाव दुवै दाजुबहिनीमा मैले नजिकबाट देखेको छु । प्रकाशजीसँग मेरो नजिकबाट हिमचिम नभइसकेको भए पनि आमा र बाले समाजलाई दिनुभएको योगदानको गुणबाट प्रकाशजी कसरी टाढा हुनुहोला र भन्ने मेरो अनुमानलाई उहाँले आफू पछिल्ला केही वर्ष पूर्वीय दर्शन र वेदान्तको अध्ययनमा रमिरहेको बताउनुभएर अझ प्रस्ट पारिदिनुभयो । मातृवियोगमा दाजु पुरु रोइरहनुहुँदा पनि शान्त देखिनुहुने प्रकाशजी संसारको रीत यही हो यसमा शोक गर्नुभन्दा यसलाई आत्माको रूपान्तरणको एक उत्सवका रूपमा लिनुपर्ने भनी आमाको पार्थिव शरीरको अन्तिम दर्शन गरी श्रद्धाञ्जली दिन आउने आगन्तुकलाई सम्बोधन गर्दा बताइरहनुभएको थियो ।

आफूलाई पर्दा शोकजस्तो लाग्ने र अरुलाई समवेदना र सहानुभूतिका शब्दहरू प्रकट गर्न अलिक सहज हुने यो अवस्थालाई म स्वयंले पार गरिसकेको छु । १५ वर्षअघि पिताजीको स्वर्गवासबाट आहत भएको म र मेरा भाइबहिनीले त्यसको १५ महिनामा आमालाई पनि संसारबाट विदा गर्नुपरेको थियो । पिताजीको शोक भोगिसकेको मैले प्रकाशजीले भन्नुभएजस्तै आमाको स्वर्गवास हुँदा आगन्तुक र परिवारजनलाई संसारको शाश्वत रीतबारे बताउने साहस बटुलिसकेको थिएँ । जन्मको द्वारबाट जीवनमा प्रवेश गरेको एक मानिस मृत्युको अदृश्य द्वारबाट बाहिरिन्छ । जन्म र मृत्युमा फरक यही हो, जन्मँदा प्राणीले शरीरका साथ आमाको गर्भबाट शरीरमा प्राण लिएर जमीनमा प्रकट भएको हुन्छ । मृत्युका रूपमा रूपान्तरण हुँदा जन्मेका बेला पहिलोपटक एक्कासि देखिएको शरीर यही धरामा छोडेर आत्मामात्र जान्छ, त्यो पनि नदेखिने गरी । यो एक रहस्यबाहेक जीवन वा प्राण रहँदै शरीर पलपल मरिरहेको हुन्छ वा रूपान्तरण भइरहेको हुन्छ । दैनिक रूपमा नभएपनि केही वर्षको खण्ड बनाएर हेर्दा शरीरको एक रूप मरेर अर्को रूप यही जीवनमा देखिने हामी सबैले अनुभव गरकै छौँ । यसरी हेर्दा मृत्युले शरीरलाई निस्प्राण बनाउने हो । शरीरका लागि शोक गर्ने हो वा आत्माको खोजीका लागि शोक गर्ने हो भन्ने भ्रममा हामी नै पनि अल्मलिइरहेका हुन्छौँ ।
जीवनभर अर्थात् नौ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएर बाँकी जीवनलाई फुलाउन फलाउन सुवेदी परिवारमा भित्रनुभएकी आदरणीय आमा नन्दादेवीले हाम्रो नेपाली समुदायका प्रवासमा र नेपालमा रहेका हजारौँ जनसित वात्सल्य र मानवीय प्रेम बाँड्नुभएको रहेछ ।

करीब निरक्षर रहेर पनि तीनजना छोराछोरीको पूर्ण हेरचाह, शिक्षादीक्षामा सव्रिmय रहनुका साथै उहाँले पति होमनाथ सुवेदीज्यूको सामाजिक सेवा, साहित्य सेवा र राजनीतिका अलावा निजी साहित्यिक सिर्जनशीलताको रुचिमा साथ दिइरहनुभयो मात्र होइन, पतिलाई पूर्ण सफल बनाउनुभयो । अमेरिका, युरोप, अस्टे«ृलिया र एसियाका कैयन मुलुकमा भएका साहित्यिक कार्यव्रmम, समारोह तथा सम्मेलनहरूमा होमनाथ बुबाका साथ उहाँ सरिक त हुनुभयो नै, त्यहाँ उपस्थित हरेक उमेरका नेपालीजनलाई परिवारको सदस्यलाई जस्तो माया र वात्सल्य बाँडिरहनुभयो । डिसीक्षेत्रमा भेटिएकालाई घरमा आउन निम्ता दिने र घरमा पुगेका लाई फ¥याकफुरुक मिठोमसिनो खुवाउनुका साथै आफैँले बारीमा फलाएर तयार पारेका मौसमी र बेमौसमी तरकारी (फ्रिजबाट झिकेर पनि) घर पठाउने उहाँको बानीलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न आउने मानिसहरूले रुँदै अभिव्यक्त गर्दा पनि उहाँको महान् हृदयको पूर्ण पहिचान हुन्छ ।

अन्तिम श्रद्धाञ्जलीका व्रmममा करीब एक महिनाको अन्तिम अस्पताल बसाइका व्रmममा भएको देहान्तको सूचना पुरुजीले फेसबुकमा पोस्ट गर्नुभएको ५ घन्टा नपुग्दै अनेकन फेसबुक स्टाटस तथा कमेन्टमा १५ सय जनाको अभिव्यक्ति प्रकट भएको कुरा होमनाथ बुबाले सुनाउनुभयो । भर्खर हिउँ परेर अस्तव्यस्त भएको बाटो छिचोल्दै सूचना प्रवाह भएको १० घन्टा बित्दानबित्तै मेरिल्यान्ड, भर्जिनिया तथा क्यारोलाइनाका करीब अढाइ स्वजन उडब्रिजको चर्चको सामान्य हलमा खचाखच भएर अन्तिम श्रद्धाञ्जली दिँदै थिए, त्यति नै बेला नातिनातिनाले हजुरआमासितका संस्मरणहरू सुनाउँदै आँसु बगाए । पुरुजीले आमाले गर्नुभएको संघर्ष र उहाँको साहसको संस्मरण गर्नुभयो । ‘कल्पे’ का रूपमा आमाकी प्रिय कल्पनाजीले आमाले उहाँका जिम्मेवारी आफूमा सारेर जानुभएको बताउनुभयो । आमाको श्रद्धाञ्जलीमा उहाँले आमाले आफूलाई संसारप्रतिको दायित्वबोध र कर्तव्यपथ देखाएर जानुभएको भावसहितको कविता वाचन गर्नुभएको थियो ।

विशाल डायस्पोरा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक सदस्य आमा नन्दादेवीको संस्मरणमा अनेसासले एक श्रद्धाञ्जलीसभा जुम आयोजना गर्दै फेसबुकमा गत शनिबार लाइभ ग¥यो । २४ सय आजीवन सदस्य र तिनका परिवार नेपाल, अमेरिका, क्यानडा, मध्यपूर्व, जापान, कोरिया, अस्टेलिया, युरोपेली देशहरू, अफ्रिका, भारत, भुटान, थाइल्यान्ड, म्यानमार तथा अनेकन अरु देशहरूमा विस्तारित छन् । अनेसासका संस्थापकी धर्मपत्नी, आफैँ सव्रिmय रूपमा सबैतिर पुग्न र सबैलाई वात्सल्य प्रेम दिन पुग्नुहुने अनेसासकी आदरणीय आमा नन्दादेवी सुवेदीको बैकुण्ठबासी पुण्यात्माले सुवेदी परिवार अनि सत्याल परिवारको सन्तान दरसन्तानलाई सदैव आशिर्वाद दिइरहोस् । अनेसास परिवारका सबैलाई संस्था र डायस्पोराका नेपाली समुदायप्रति अगाध प्रेम र अपनत्वको भावनाका साथ बाँधिन सदैव प्रेरणा दिइरहोस् । म, मेरी धर्मपत्नी, मेरो परिवार तथा अनेसास परिवारका सबैको तर्फबाट एक ट्रस्टी तथा पूर्व पदाधिकारीका रूपमा उहाँको पुण्यात्माप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु । पत्नीवियोगको शुन्यतामा रहनुभएका आदरणीय बुबा होमनाथ सुवेदीज्यू, मातृवियोगमा शोकमग्न प्रिय पुरुजी, प्रकाशजी र कल्पनाजीका साथै सबै परिवारका सबै शोकाकूल जनमा परमेश्वरले सहन गर्न शक्ति प्रदान गरुन्, यही प्रार्थनाका साथ हार्दिक समवेदना व्यक्त गर्दछु । अनेसास परिवारको एक सदस्यका रूपमा हामीमा परेको यस शोकको अवस्थामा अनेसास परिवारका सबै जनप्रति हार्दिक यो शोकलाई सिर्जना र पे्रममा रूपान्तरण गर्न उर्जा मिलिरहोस् भनी कामना गर्दछु ।

हुन्छ वा रूपान्तरण भइरहेको हुन्छ । दैनिक रूपमा नभएपनि केही वर्षको खण्ड बनाएर हेर्दा शरीरको एक रूप मरेर अर्को रूप यही जीवनमा देखिने हामी सबैले अनुभव गरकै छौँ । यसरी हेर्दा मृत्युले शरीरलाई निस्प्राण बनाउने हो । शरीरका लागि शोक गर्ने हो वा आत्माको खोजीका लागि शोक गर्ने हो भन्ने भ्रममा हामी नै पनि अल्मलिइरहेका हुन्छौँ ।

जीवनभर अर्थात् नौ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएर बाँकी जीवनलाई फुलाउन फलाउन सुवेदी परिवारमा भित्रनुभएकी आदरणीय आमा नन्दादेवीले हाम्रो नेपाली समुदायका प्रवासमा र नेपालमा रहेका हजारौँ जनसित वात्सल्य र मानवीय प्रेम बाँड्नुभएको रहेछ । करीब निरक्षर रहेर पनि तीनजना छोराछोरीको पूर्ण हेरचाह, शिक्षादीक्षामा सव्रिmय रहनुका साथै उहाँले पति होमनाथ सुवेदीज्यूको सामाजिक सेवा, साहित्य सेवा र राजनीतिका अलावा निजी साहित्यिक सिर्जनशीलताको रुचिमा साथ दिइरहनुभयो मात्र होइन, पतिलाई पूर्ण सफल बनाउनुभयो । अमेरिका, युरोप, अस्टे«ृलिया र एसियाका कैयन मुलुकमा भएका साहित्यिक कार्यव्रmम, समारोह तथा सम्मेलनहरूमा होमनाथ बुबाका साथ उहाँ सरिक त हुनुभयो नै, त्यहाँ उपस्थित हरेक उमेरका नेपालीजनलाई परिवारको सदस्यलाई जस्तो माया र वात्सल्य बाँडिरहनुभयो । डिसीक्षेत्रमा भेटिएकालाई घरमा आउन निम्ता दिने र घरमा पुगेका लाई फ¥याकफुरुक मिठोमसिनो खुवाउनुका साथै आफैँले बारीमा फलाएर तयार पारेका मौसमी र बेमौसमी तरकारी (फ्रिजबाट झिकेर पनि) घर पठाउने उहाँको बानीलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न आउने मानिसहरूले रुँदै अभिव्यक्त गर्दा पनि उहाँको महान् हृदयको पूर्ण पहिचान हुन्छ ।

अन्तिम श्रद्धाञ्जलीका व्रmममा करीब एक महिनाको अन्तिम अस्पताल बसाइका व्रmममा भएको देहान्तको सूचना पुरुजीले फेसबुकमा पोस्ट गर्नुभएको ५ घन्टा नपुग्दै अनेकन फेसबुक स्टाटस तथा कमेन्टमा १५ सय जनाको अभिव्यक्ति प्रकट भएको कुरा होमनाथ बुबाले सुनाउनुभयो । भर्खर हिउँ परेर अस्तव्यस्त भएको बाटो छिचोल्दै सूचना प्रवाह भएको १० घन्टा बित्दानबित्तै मेरिल्यान्ड, भर्जिनिया तथा क्यारोलाइनाका करीब अढाइ स्वजन उडब्रिजको चर्चको सामान्य हलमा खचाखच भएर अन्तिम श्रद्धाञ्जली दिँदै थिए, त्यति नै बेला नातिनातिनाले हजुरआमासितका संस्मरणहरू सुनाउँदै आँसु बगाए । पुरुजीले आमाले गर्नुभएको संघर्ष र उहाँको साहसको संस्मरण गर्नुभयो । ‘कल्पे’ का रूपमा आमाकी प्रिय कल्पनाजीले आमाले उहाँका जिम्मेवारी आफूमा सारेर जानुभएको बताउनुभयो । आमाको श्रद्धाञ्जलीमा उहाँले आमाले आफूलाई संसारप्रतिको दायित्वबोध र कर्तव्यपथ देखाएर जानुभएको भावसहितको कविता वाचन गर्नुभएको थियो ।

विशाल डायस्पोरा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक सदस्य आमा नन्दादेवीको संस्मरणमा अनेसासले एक श्रद्धाञ्जलीसभा जुम आयोजना गर्दै फेसबुकमा गत शनिबार लाइभ ग¥यो । २४ सय आजीवन सदस्य र तिनका परिवार नेपाल, अमेरिका, क्यानडा, मध्यपूर्व, जापान, कोरिया, अस्टेलिया, युरोपेली देशहरू, अफ्रिका, भारत, भुटान, थाइल्यान्ड, म्यानमार तथा अनेकन अरु देशहरूमा विस्तारित छन् । अनेसासका संस्थापकी धर्मपत्नी, आफैँ सव्रिmय रूपमा सबैतिर पुग्न र सबैलाई वात्सल्य प्रेम दिन पुग्नुहुने अनेसासकी आदरणीय आमा नन्दादेवी सुवेदीको बैकुण्ठबासी पुण्यात्माले सुवेदी परिवार अनि सत्याल परिवारको सन्तान दरसन्तानलाई सदैव आशिर्वाद दिइरहोस् । अनेसास परिवारका सबैलाई संस्था र डायस्पोराका नेपाली समुदायप्रति अगाध प्रेम र अपनत्वको भावनाका साथ बाँधिन सदैव प्रेरणा दिइरहोस् । म, मेरी धर्मपत्नी, मेरो परिवार तथा अनेसास परिवारका सबैको तर्फबाट एक ट्रस्टी तथा पूर्व पदाधिकारीका रूपमा उहाँको पुण्यात्माप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु ।

पत्नीवियोगको शुन्यतामा रहनुभएका आदरणीय बुबा होमनाथ सुवेदीज्यू, मातृवियोगमा शोकमग्न प्रिय पुरुजी, प्रकाशजी र कल्पनाजीका साथै सबै परिवारका सबै शोकाकूल जनमा परमेश्वरले सहन गर्न शक्ति प्रदान गरुन्, यही प्रार्थनाका साथ हार्दिक समवेदना व्यक्त गर्दछु । अनेसास परिवारको एक सदस्यका रूपमा हामीमा परेको यस शोकको अवस्थामा अनेसास परिवारका सबै जनप्रति हार्दिक यो शोकलाई सिर्जना र पे्रममा रूपान्तरण गर्न उर्जा मिलिरहोस् भनी कामना गर्दछु ।

प्रतिक्रिया