बम्जनको आश्रममा गएका छोरा ८ वर्षदेखि बेपत्ता, बुवा आमा रुदै बाटो हेरी रहेकाछन छोरो आउछ कि भनेर (भिडियो सहित)

इनेप्लिज २०८० माघ १० गते २२:२८ मा प्रकाशित

जीतपुरसिमरा उपमहानगरपालिका–१८ का हस्तबहादुर आलेले २०७२ साल जेठ १६ गते छोरा सुरेश आलेलाई अन्तिमपटक राम बहादुर बम्जनको आश्रमका लागि घरबाट बिदाइ गरेका थिए ।

बिदाइ गर्ने बेला छोराको हातमा हजार रुपैयाँको नोट राखेको हस्तबहादुरलाई अझै याद छ । बाराको हलखोरिया जङ्गलमा बम्जनको आश्रम थियो । सुरेश आले सो आश्रमस्थलमा २०६०६१ सालदेखि आउजाउ गरिरहन्थे । बम्जनको आश्रममा सुरेशले बेलाबेलामा आफ्नो बुबाआमालाई पनि लग्थे ।

पछिल्लो पटक २०७२ साल वैशाख १२ गतेको भूकम्पछि सुरेश आलेले आश्रममा आउजाउ गर्न छोडेका थिए । सोही वर्ष जेठ १६ गते घरमा बिहानको खाना खाँदै गरेका आलेलाई बोलाउन छिमेकी जसबहादुर वाइवा आए । जसबहादुरसँगै सुरेश सिन्धुपाल्चोकस्थित बम्जनको आश्रमका लागि घरबाट निस्किए ।

घरबाट निस्कने बेला ८० वर्षीय हजुरआमा सुकीमाया आलेले सुरेशलाई नजान अनुरोध गरेकी थिइन्, तर उनी रोकिएनन् । २०७२ साल जेठमा घरबाट निस्किएका आले सम्पर्कबिहीन भएको ८ वर्ष हुन लागेको छ । तर उनको कुनै अत्तोपत्तो छैन ।

https://www.youtube.com/watch?v=zvDwQkbu-Lk

प्रतिक्रिया