सँगै बस्ने प्रेमिका विवाहित भन्ने थाहा पाएपछि प्रेमिले गरे प्रेमिकाको कुटीकुटी हत्या (भिडियो सहित)

इनेप्लिज २०८० माघ १० गते १०:५९ मा प्रकाशित

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय मोहन पुनले झन्डै दुई महिनादेखि आफूसँगै बस्दै आएकी २८ वर्षीया सीमा कवरलाई विवाहित भएको थाहा पाएपछि हत्या गरेको खुलेको छ।

विवाहित हुँदाहुँदै आफूसँग सम्बन्ध राखेको भन्ने थाहा पाएपछि उनले कुटीकुटी हत्या गरेको खुलेको प्रहरीले जानकारी दिएको छ। झारफुक गराउन जान्छु भन्दै घरबाट निस्किएकी सीमा गत मंसिर १० गते यता मोहनसँग गुपचुप बस्दै आएकी थिइन्।

उनको मोहनकै घरमा हत्या भएको थियो। घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक रेशम पौडेलका अनुसार उनका श्रीमान् कामको सिलसिलामा पोखरामा छन्।

उनले श्रीमानलाई झारफुक गर्न जाने बताएकी थिइन्। निःसन्तान भएकाले केही उपाय लाग्छ कि भनेर श्रीमानले पनि पत्याएका थिए।

सीमाको घर शारदा नगरपालिका वडा नम्बर १२ मा पर्ने प्रहरीले जानकारी दिएको छ।

https://www.youtube.com/watch?v=gqamf8f7HlE

प्रतिक्रिया