वि सं २०७२ मंशिर उत्पतिका एकादशीका दिनदेखि विधिवत रुपमा त्रेतायुगको आगमन भैसक्यो। शिखरकोट पालुंगमा अबस्थित शिव – गोरक्षधामको दिब्य उर्जाले समस्त मानबहरुमा चेतनाको सुद्धिकरण हुदैछ। त्यहि भएर अहिले सबैमा अध्यात्मिक जागरण आएको हो । अब छिट्टैनै राम-राज्यको अनुभूति हुनेछ सबै सबै लाई। यहि २०८० साल माघ ३ गते पोखरा पुम्दी-भुम्दीको डाडामा भगवान रामले मानब रुपमानै अवतरण गरिसक्नु भयो। यहि पावन अवसरमा गोरख परिवारहरु भेला भइ भव्य पूजा-अर्चना गरियो । इन्डियामा पनि त्रिकालदर्शीहरु छन् । भगवान रामको दिव्य आगमन लाई अनुभूत गरेरै होला गण्डकी बाट बिशाल शालिग्राम लगेर हालको इन्डियामा भब्य राम मन्दिर निर्माण गर्यो। इन्डियालाई धन्यवाद दिनै पर्छ। भगवान राम प्रति दिव्य प्रेम र समर्पण भावले विश्वको ठाउँठाउँमा राम मन्दिरहरु बनिनु पर्छ । तर उक्त मन्दिर सबैको साझा हुनुपर्दछ, सबै सनातन धर्म संस्कृति अबलम्बन गर्ने सबै धार्मिक सम्प्रदायहरुको पनि आस्थाको धरोहर हुनुपर्दछ । तर राम मन्दिर चाही इन्डियन हिन्दुहरुको मात्र हो जस्तो गर्यो इन्डियाले र नक्कली अयोध्या खडा गरेर भगवान रामको जन्मभूमि इन्डिया नै हो भन्नु चाही सोर्है आना गलत छ ।
पहिलो कुरा त इन्डियाले बनाएको राम मन्दिर साकेत ठाउँ नै बिशाल नेपाल भुमिमा पर्दछ । चाप्लुसी भतुवा नेताहरुको कारणलेनै हाम्रो बिशाल नेपाल पुनर्स्थापना गर्न सकिराखेकाछैनौ । दोश्रो कुरा, भगवान रामको जन्म यहि चितवन अयोध्यापुरीमा भएको थियो । आदि रामायणमा बर्णन गरिएको हरेक श्लोकको ठाउँहरु नै देवघाट, त्रिबेणीधाम , जनकपुर इत्यादी नेपाली भूभागमा पर्दछन । बरु ‘ भगवान रामको जन्म चितवन अयोध्यापुरी होइन ‘ भनेर कसैले प्रमाणहरु जुटाउनसक्छ भने म नगद रु १०८,००० दिन तयार छु । कोहि छ ?
वास्तविक कुरो के हो भने, रामायण बाट प्रभावित भएका राजा विक्रमादित्यले उक्त साकेत ठाउँ लाई रामायणकै शैलीमा ढालेर अयोध्या नामकरण गरिदिएका थिए । “अब देखि म युद्ध गर्ने छैन, यो भुमि पनि शान्ति भुमि अर्थात् अ-युद्ध (अयोध्या ) भयो है” भनेर राजा विक्रमादित्यले प्रण गरेका थिए । वहाले बनाउनु भएको राम मन्दिरलाई १५ औ शताब्दीमा मुसलमानहरुले आक्रमण गरि ध्वस्त बनाएका थिए । अनि त्यहि ठाउँमा बाबरी मस्जिद बनाएका थिए मुसलमानहरुले । राम मन्दिर र बाबरी मस्जिद विवादले नै धेरै वर्ष धार्मिक युद्ध चलेको थियो इंडियामा । अहिले आएर त्यहि ठाउँमा इन्डियाले राम मन्दिर खडा गर्यो – अयोध्या भनिदियो । त्यसो त थाईल्याण्डको राजधानी बैंककको पुरानो नाउ पनि अयोध्या हो नि । थाईल्याण्डका तत्कालिन राजाले शान्ति भुमि प्रस्ताब गर्दै ‘अयुद्था ‘ (अयोध्या ) भनेका थिए । भाषिक अपभ्रम्स भइ अयोद्ध्या नै ‘अयुद्था ‘ भयो — धेरै समय पछि मात्र बैंकक भएको हो ।
अत : शान्ति को चाहना गर्ने जो कसैले पनि राम मन्दिर निर्माण गर्न सक्छ। शान्तिभूमिको मनसायले अयोध्या नामकरण गर्नु पनि मनासिब नै हुन्छ तर छट्टु इन्डियनले झैँ भगवान रामको जन्मभूमि अयोध्या नै इन्डियामा पर्दछ भनेर भ्रमको खेति गर्दा चाही लाट्कोसेरो पनि खितिति हास्छ । जब कि, भगवान बुद्धको जन्मस्थान नेपालकै लुम्बिनी हो भनेर अशोक स्थम्भले बोल्दाखेरी त नेपालको लुम्बिनीको इट्टा चोरेर इन्डियन भूभागमा हुबहु लुम्बिनी बनाउदछ। एभरेस्ट इन्डियामा पर्दछ भनेर इन्डियन स्कुलहरुमा पढाइन्छ भने प्राचिन अयोध्या नामकरण गरेर लुटुपुटु पार्न खोज्नु कुनै नौलो कुरा होइन नि । उत्खनन गर्दा बुद्ध स्तुपको भाग्नाअबसेसहरु प्राप्त भएको ठाउँ ‘साकेत’ लाई पनि काल्पनिक तथ्यहरु बटुलेर काग-चतुर इन्डियाले राम-जन्म भुमि अयोध्या भन्यो। ए हजुर, फाटेको र ढाटेको कहाँ छोपिञ्छ र ? सुर्य लाई हत्केलाले छेकेर कहाँ छेकिन्छ र ? डोको भित्र पसेर कु-कु गरे जस्तै गरेको छ धुर्त इन्डियाले। बौद्ध ग्रन्थ हरुमा ‘साकेल ‘ नाउ पाइञ्छ तर ‘अयोध्या ‘ नाउ छैन । कर्गेनी, ए के नारायण जस्ता पुरातत्वविदहरुको गहिरो अध्यनले पनि नेपालको चितवनमा नै ‘अयोध्यापुरी’ भएको देखाऊदछ । बिडम्बना, पैसामा बिकेका हाम्रा नेताहरुको कारणले गर्दा हाम्रो पहिचान देखाउन सकेका छैनौ । बिज्ञापन गर्न सिपालु छ छट्टु इंडिया । के गर्नु र ?
जे होस् , २०८१ सालमा नेपालमा सुर्यबंशी राजाको उदय भएपछि भने देवत्वहरुको समूहले अयोध्या पुरी, त्रिबेणी धाम, देवघाट वरिपरिका प्रमाणहरु उत्खनन गरेर भगवान रामको जन्म भुमि नेपाल – चितवन नै हो भनेर सारा संसारलाई सूचना दिने छन् । भगवान रामको जन्म भुमि चितवन अयोध्यापुरी लाई सारा संसारले चिन्नेछन र राम भक्तहरुको ओइरो लाग्ने छ। स्मरण रहोस, गोरक्ष राष्ट्र नेपाल भनेको देब भुमी, बेदभुमि, तपोभूमि हो । यहाका प्रत्यक टाकुराहरुमा साक्षात ईश्वरको बास छ । इन्डियाका सबै सबै मन्दिरहरु प्राण प्रतिष्ठा गरिएका हुन्। तन्त्र शास्त्र द्वारा नेपालका उर्जा केन्द्रहरुको प्रतिस्थापन मात्र गरिएको हो इन्डियाका सबै मन्दिरहरु । प्राकृतिक शक्ति पीठहरु सबै यहि छन् – प्रादुर्भाव भएका अलौकिक शिवलिङ्गहरु सबै सबै यहि नेपाल भुमिमा छन् तर बिज्ञापनको कारणले इन्डिया तिर दगुर्दछन् धुर्मुस नेपालीहरु / सार्है नरमाइलो लाग्छ ।
– योगिराज
प्रतिक्रिया