पोखरामा एक बर्ष अघी प्लेन खसेको ठाउमा पुग्दा स्थानियले अहिले देखे यस्तो 

इनेप्लिज २०८० माघ ९ गते २२:५७ मा प्रकाशित

२०७९ माघ १ गते काठमाण्डौबाट पोखरा आउने क्रममा यति एयरलाइन्सको एटिआर विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको स्मृतिमा पोखरा महानगरपालिकाको तर्फबाट स्मृति सभा भयो ।

दुर्घटना स्थलमा दिवङ्गतहरूको स्मृतिमा उनीहरूको नामावली सहितको स्मृति स्तम्भ निर्माण गरी त्यसको अनावरण समेत गरिएको छ । स्तम्भको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले संयुक्त रूपमा अनावरण गरेका थिए ।
स्तम्भमा विमान दुर्घटनामा दिवङ्गत भएका चालक दलका सदस्यहरू सहित ५७ जना नेपाली र १५ जना विदेशी नागरिकहरूको नाम लेखिएको छ । उनीहरूको स्मृतिमा पोखरा महानगरपालिकाले स्मृति स्तम्भ निर्माण गरेको हो । त्यस स्थानमा स्मृति पार्क निर्माण गर्ने महानगरपालिकाको योजना रहेको छ ।

स्मृति सभामा पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, सहित जनप्रतिनिधिहरू र मृतकका आफन्तहरूको उपस्थिति रहेको थियो । अहिले कस्तो छ त जाहज खसेको ठाउ के भन्छन स्थानिय यो भिडियोमा हेर्नुहोस

प्रतिक्रिया