“राम मन्दिर सीताको नामविना किन- किन अधुरो लाग्यो”

कमला प्रसाईं,हाल न्यूयोर्क २०८० माघ ९ गते २२:५० मा प्रकाशित

प्राध्यापक, बौद्धिक ब्यक्तित्वाका धनी आदरणीय श्री जनार्दन सुवेदी दाजुको प्रश्न सार्है नै चित्त बुझेर यहाँ आफ्नो राय व्यक्त गरे- साँच्चै नै सीताविनाको राम के राम?

रामसीता मन्दिर भएको भए हुनेथियो अनि सीताराम मन्दिर भएको भए हुनेथियो तर राम मन्दिर मात्रले सीताको त्यत्रो त्याग, सहनशीलता, बलिदान कता हरायो?

सीतामाताले गर्दा नै राम राम बनेका हुन् ।

सीतामाता जस्तो महान आदर्श नारी इतिहासमा विरलै पाइन्छन् ।

के सीतामाताको त्यो अग्नि परिक्षाले अझैसम्म पगालेको छैन भारतवासी र मोदी जी लाई???

किनकी मोदी जी ले पनि आफ्नी सीतालाई कतै रातदिन मोदी नामको माला जपेर बस्न बाध्य पार्नु भएको छ !

राम मन्दिर बनाउने सबैले सीतामाताको महिमा र आदर्श भुलेर अपमानजनक रुपमा बनाए!
राम मन्दिर बनाउँदा धेरै कुराहरु त्रुटी देखिन्छ ।

हामीले हाम्रो भूमिकी सीतामाताको अस्तित्वलाई कम बनाउने र भुल्ने कोसिस कदापि नगरौ ।

सीताको आदर्श ,अस्तित्वमा नै राम शब्द अटेको छ।

सीताको त्यो बलिदान , त्यागीपन, सहनशीलताले नै आज राम राम बन्न सफल भएका हुन् ।

सीतामाता जस्तो पतिब्रता नारीले त अग्नि परिक्षा दिनु परेको थियो भने यहाँ कलियुगका मुकुण्डोधारी रामहरुले घर- घरमा कति अग्नि परिक्षा दिन बाध्य पारिरहेका होलान् ???

अन्तिममा राम मन्दिर किन- किन सीताको नामविना अधुरो नै लाग्यो।

जय सीताराम

प्रतिक्रिया