रवि लामिछानेलाई ग्लोबल आइएमई बैंकको पत्र ‘खातामा पैसा डिपोजिट भएको छैन

बेद प्रसाद घिमिरे २०८० माघ ८ गते १२:१७ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा सहकारीको रकम जम्मा भएको भन्ने कान्तिपुर दैनिकको समाचारको खण्डन गरेका छन् ।

सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले आफ्नो खातामा जम्मा भएको भनिएको एक करोड ८० लाख रुपैयाँ बैंकको भौचर अनुसारअनुसारको रकम जम्मा नभएको दाबी गरेका हुन् । कान्तिपुर दैनिकले साेमबारकाे प्रथम प्रष्टमा सहकारी ठगीकाे रकमबाट खुलेकाे ग्यालेक्सी टेलिभिजनकाे १५ प्रतिशत सेयर बिक्रि गरेर १ कराेड ८० लाख रुपैयाँ बुझेको समाचार प्रकाशित गरेको थियो ।

पत्रकार सम्मेलनमा लामिछानेले कान्तिपुरले दाबी गरेको बैंकको भोचरअनुसारको रकम बैंकमा जम्मा नभएको ग्लोबल आइएमई बैंकको पत्र पनि सार्वजनिक गरे । पत्रअनुसार कान्तिपुरले दाबी गरेको भौचरअनुसार रकम डिपोजिट गरिएको भए पनि सो खातामा रकम नभएका कारण डिपोजिट स्वत रद्ध भएको उल्लेख छ ।

‘कसैले भौचर भरेर बैंक खातामा रकम जम्मा गरेको होला तर पैसा खातामा नआएका कारण आफूले थाहा नपाएको कुरा कान्तिपुरले सुन्नै खोजेन,’ पत्रकार सम्मेलनमा लामिछानेले भने,‘बैंक भौचरबारे कान्तिपुरले गरेको दाबीअनुसार बैंक विवरण हेर्न समय माग गर्दा पनि कान्तिपुरले सो कुरा सुनेन।

प्रतिक्रिया