अन्तरास्ट्रिय नेपाली साहित्य समाजका संस्थापक-सदस्य दिबंगत नन्दा देबी सुबेदीको १३ औं पून्य तिथीको कार्यक्रम हुंदै

इनेप्लिज २०८० माघ ७ गते २:३९ मा प्रकाशित

ईनेप्लीज
२० जनवरी २०२४

वाशिंगटन डिसी – अन्तरास्ट्रिय नेपाली साहित्य समाजका दिबंगत संस्थापक सदस्य नन्दा देबी सुबेदीको १३ औं पून्य तिथीको दिनमा भर्जिनियाको उड्ब्रिजमा स्व० आत्माको चिर शान्तीको कामना गर्दै “ प्रशाद खुवाउने “ कार्यक्रम आयोजना गरिने भएको छ ।

यही जनवरी १७ तारिखका दिन भर्जिनियाको उड्ब्रिज स्थित फ्यूनरल होममा आयोजित दाहसंस्कार ( शोक-शभा ) मा उपस्थित हुनुभएका सबैलाई १३ औं पून्यतिथीको “ प्रशाद ग्रहण “ गरिदिन सुबेदी परिवारले अनुरोध गरेको छ ।

दिबंगत नन्दा देबी सुबेदीका छोराहरू पुरू सुबेदी / प्रकास सुबेदी , छोरी डा० कल्पना सत्याल , भाईहरू गोपाल रेग्मी / भिम रेग्मीले कार्यक्रम बारे जानाकारी गराए अनुसार – शोक शभामा उपस्थित हुनुभएका सबैलाई “ प्रशाद ग्रहण “ को लागी उपस्थित भईदिन यसै सूचना मार्फत् हार्दिक अनुरोध गरिएको छ र मलाम जान छुटेका अन्य आफन्त तथा साथीभाईहरू पनि इच्छुक सबै “ प्रशाद ग्रहण “ मा उपस्थित हुन सकिने जानाकारी गराईएको छ ।

१३ औं पून्य तिथीको “ प्रशाद ग्रहण “ गर्ने स्थान :

मिति : २७ जनवरी २०२४ , शनीबार
समय : दिउंसो १२ बजे देखि ५ बजे सम्म
स्थान : 1727 HORNER Road ,
Woodbridge , VA 22191

सम्पर्कको लागी : भिम रेग्मी cell phone 703-314-6934
( गाड़ी पार्किंग : घर अगाडीको प्राथमिक बिध्यालयमा गाड़ी पार्किंग गरिदिनुहोला।

प्रतिक्रिया