स्विमिङ गएका सजिलमान स्विमिङ पुलमा करेन्ट लागेर छोरी र श्रीमतीकै अघी कोमामा,५ महिना पछी उजुरी लियो (भिडियो सहित)

इनेप्लिज २०८० माघ ६ गते १३:०३ मा प्रकाशित

ललितपुरका ४० वर्षीय सजिलमान शाक्य भदौ १५ मा श्रीमती र साढे दुई वर्षकी छोरी लिएर स्विमिङ गर्न घर नजिकैको होटेल स्क्वायर पुगे। त्यहाँ ‘हिटेड पुल’ भएकोले रिजर्भेसन गरेर गएका थिए।

होटेलको छतमा थियो स्विमिङ पुल। पुलमा छोरी र उनी उत्रिए। पुल त्यति गहिरो पनि थिएन। श्रीमती फोटो खिच्दै थिइन्।

बाउछोरी केहीबेर पानीमा खेलिरहे। चस्मा मिलाउन उनकी श्रीमतीले छोरीलाई पुल बाहिर निकालिन्। चस्मा मिलाउँदै श्रीमान्तिर हेर्दा सजिलमान दुवै हात उचालेर कामिरहेका थिए।

छोरीलाई जिस्काएर बोलाइरहेको जस्तो लाग्यो उनलाई। उनले जिस्किएर हात समाउन खोज्दा झट्का लाग्यो। उनी डुब्न लागेपछि उनले पुन समाउन खोज्दा होटेलका स्टाफ आएर तत्काल होटेलकै गाडीमा मेडीसिटी अस्पताल लगियो।

सजिलमानलाई स्वीमिङको राम्रो ज्ञान थियो। त्यसबेला स्वास्थ्य अवस्था पनि ठिक रहेको परिवारको दाबी छ। पूर्णरुपमा अचेत अवस्थामा अस्पताल पुर्याइएका उनको अहिलेसम्म होस् खुलेको छैन। हातको नाडीमा जलेको दाग छन्। चिकित्सकले उनको मस्तिष्कमा आवश्यक अक्सिजन नपुग्दा गम्भीर आघात पुगेको बताए।

करिब दुई महिना अस्पतालमा उपचार गर्दा पनि उनी कोमामा रहे। अनि चिकित्सककै सल्लाहमा परिवारले उनलाई घरमा ल्याए। घरमै आइसियुको वातावरण बनाएर उनको उपचार भइरहेको छ।

https://www.youtube.com/watch?v=G4Lz-AfrONI

प्रतिक्रिया