भारतीय युवक ले नेपाली युवतिलाई होटल मा लगेर बलात्कार गर्‍यो अनि युवतिलाई नै खर्च गर्न बाध्य बनायो ( भिडियो सहित)

इनेप्लिज २०८० माघ ३ गते १६:२५ मा प्रकाशित

भारतको जोगवनी घर भएका रवि कुमार । अहिले उनी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । रवि कुमारले काठमाडौँको एम्बास्डर होटलमा युवतीलाई बलात्कार गरेको आरोप छ । बलात्कार आरोपमा उनलाई विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए ।

रवि कुमारको ‘अपराध प्रकृति’ फरक खालको छ । विद्युतीय माध्यमबाट ब्ल्याकमेलिङ गरेर उनले यौन शोषण गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । आरोपीले भारतको जोगवनीबाट बिराटनगर हुँदै काठमाडौँ आउजाउ गर्ने खर्च पीडितसँग नै असुल्ने गरेका अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए  ।

मंसिर २८ मा उनले पीडितलाई लाजिम्पाट स्थित एम्बास्डर होटलमा बोलाएर बलात्कार गरेका हुन् । पीडितले उनीविरुद्ध कालीमाटी स्थित महिला सेलमा उजुरी दर्ता गराएकी छिन् ।

https://www.youtube.com/watch?v=Mgx38yKFg3s

प्रतिक्रिया