दुखद खबर:श्रीमान श्रीमतीले पानी पनि भन्न पाएनन मोटरसाइकल सहित कर्णालीमा खसे, सँगै प्राण त्यागे (भिडियो सहित)

इनेप्लिज २०८० माघ ३ गते १६:१४ मा प्रकाशित

कैलालीमा एउटा मोटरसाइकल सडकबाट कर्णाली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ। ज्यान गुमाउने २ जना श्रीमान्–श्रीमती हुन्।

कुइने–चिसापानी सडक खण्डअन्तर्गत कैलालीको मोहन्याल गाउँपालिका–७ पितमारीमा भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट २०० मिटर तल कर्णाली नदीमा खसेको थियो। मोटरसाइकलसँगै नदीमा खसेका अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका ३८ वर्षीय खगेन्द्र ढकाल र ३४ वर्षीया महेश्वरी तिमिल्सिना ढकालको मृत्यु भएको हो।

मोटरसाइलसहित सडकबाट करिब २०० मिटर तल कर्णाली नदीमा खसेको अवस्थामा प्रहरी उद्धार गरेको थियो।

प्रहरीका अनुसार उनीहरु अछामको विनायकदेखि मोटरसाइकलमा बर्दियाको भुरीगाउँ जाँदै थिए। भुरी गाउँमा रहेका छोरा–छोरी भेट्न जाने क्रममा दुर्घटना हुँदा दुवै जनाले ज्यान गुमाएका हुन्।  
 
नदीमा खसेका उनीहरुको शव मोटरबोटको सहायताले निकालिएको जिल्ला प्रहरी कैलालीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए। उनीहरूको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।

https://www.youtube.com/watch?v=9WO0tx9R_g4

प्रतिक्रिया