हुँदै नभएको छोरीलाई नागरिकता दिएर अस्ट्रेलिया पठाए वीरगन्जका मेयरले, कसको छोरीलाई दिलाए नागरिकता ? (भिडियो सहित)

इनेप्लिज २०८० माघ १ गते २२:३९ मा प्रकाशित

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नक्कली पिता बनेर नागरिकता बनाइदिएको विषय यतिबेला चर्चामा छ । जिल्ला प्रशासन कार्यालय पर्साबाट ०७५ साल साउनको १३ गते रुविना श्रेष्ठको नाममा नागरिकता जारी गर्दा नागरिकतावाहकको पिता राजेशमान सिंह उल्लेख गरिएको छ ।

मेयर सिंहले किशोरीलाई यसरी आफ्नो छोरी बनाएर नागरिकता दिन लगाएपनि उनकै अन्य कागजातले रुविना छोरी नभएको देखिन्छ । निर्वाचन आयोगदेखि लिएर विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा बुझाएको विवरणमा सिंहले आफ्नो पारिवारमा तीन जना मात्रै रहेको उल्लेख गरेका छन् । सरकारी कार्यालय तथा वित्तीय संस्थाहमा मेयर सिंहले बुझाएको ग्राहक परिचान विवरण (केवाईसी) मा कहिँ पनि छोरीको नाममा ‘रुविना’ उल्लेख गरेको पाइँदैन । मतदाता नामावलीदेखि लिएर अन्य सबै सरकारी विवरणमा तीन जनाको मात्रै नाम लेखिएको प्रमाण रातोपाटीलाई प्राप्त कागजातमा पनि देखिन्छ ।

वीरगन्जस्थित लक्ष्मी बैंकमा मेयर सिंहको खाता छ । लक्ष्मी बैंक बीरगन्जमा ०००१२०१ँँ४७४ नम्बरको खाता मेयर सिंहको नाममा खोलिएको छ । जुन खातामा श्रीमतीको नाममा अन्नपूर्ण मानन्धर, बुवाको नाम भूपेन्द्रमान सिंह, आमाको रुकमणि क्षेत्री, बाजेको नाममा भक्तमान सिंह श्रेष्ठ र छोराको नाम अनिशमान सिंह श्रेष्ठ लेखिएको छ । तर, यहाँ छोरीको नाममा भने केही लेखिएको छैन ।

https://www.youtube.com/watch?v=wTASM3OLHXc

प्रतिक्रिया