राप्ती बस दुर्घटनाका घाइते भन्छन् चेकिङमा नरोकी तीव्रगतिमा बस कुदाए चालकले अनी बस अनियन्त्रित भयो (भिडियो सहित)

इनेप्लिज २०८० माघ १ गते २:१२ मा प्रकाशित

“लमहीमा खाना खाएर बस चढेपछि म निदाएछु, ब्युझिँदा अस्पतालको बेडमा थिएँ । दुर्घटना भएर उद्धार गर्दासम्म मैले केही थाहा पाइनँ”, कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको शय्याबाट बाँके नरैनापुरका नफिस बेहेनाले पीडा सुनाए।

नरैनापुर गाउँपालिका–३ बालापुरका १९ वर्षीय बेहेना वैदेशिक रोजगारीका सिलसिलामा कतार जाने तयारीस्वरुप स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जाँदै थिए । तर दुर्घटना कुन बेला र कसरी भयो तथा कसरी उद्धार भयो भन्ने उनलाई केही थाहा छैन । दुर्घटनामा परी नफिसको देब्रे हात, ढाड र मुखमा चोट लागेको छ ।

सोही दुर्घटनामा परी घाइते भएका बसका सहचालक शङ्कर थारू पनि सोही अस्पतालमा उपचाररत रहेका छन्् । थारूले चालक लालबहादुर नेपालीले भालुवाङमा रहेको प्रहरी ‘इन्ट्री पोस्ट’मा दर्ता नगरी तीव्रगतिमा बस कुदाएपछि दुर्घटना भएको बताए ।

https://www.youtube.com/watch?v=__PwlAWpPWk

प्रतिक्रिया