तपस्वी बम्जनको घरमै जिमखाना, आश्रममा कराँते हल, ऐयासी जीवन (भिडियो सहित)

इनेप्लिज २०८० पुष २९ गते १७:२४ मा प्रकाशित

बुद्ध धर्मका अनुयायीहरुबाट पुजिने व्यक्ति हुन्, राम बहादुर बम्जन । उनलाई धेरैले ‘लिटल बुद्ध’ भनेर चिन्छन् । तर, भक्तजनबाट पूजा गरिने तिनै बम्जन अहिले प्रहरीको नियन्त्रणमा छन् । अनुयायीबाट संकलन गरेको रकमले बम्जनले आलिशान महलमा ऐयासी जीवन बिताउने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’को अनुसन्धान निष्कर्ष छ ।

बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोप छ । बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जनविरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् । २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुव्र्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो ।

आरोपीले १८ वर्षीया आनीबाट यौन सन्तुष्टि प्राप्त गरेको र बाल यौन शोषण गरेको आरोप छ । सो मुद्दा अहिले सर्लाही जिल्ला अदालतमा विचाराधीन छ । जिल्ला अदालत सर्लाहीबाट जारी भएको वारेन्ट पुर्जीको आधारमा उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

https://www.youtube.com/watch?v=GvuztbqEMio

प्रतिक्रिया