मरेर पनि बाचेकाको कथा: राप्ती बस दुर्घटनामा अब दुर्घटना हुन्छ भनेर बसबाट हामफाले आशुतोष गौतम (भिडियो सहित)

इनेप्लिज २०८० पुष २९ गते १७:१३ मा प्रकाशित

बाँकेको नेपालगंज उपमहानगरपालिका– १२ कोरियनपुरका २४ वर्षीय आशुतोष गौतम बुटवल जान शुक्रबार भे १ ख ३९१२ नम्बरको रात्रीबस नेपालगंजबाट चढेका थिए।

शनिबार बुटवलमा राष्ट्रिय बाणिज्य बैंकको परीक्षा थियो। शुक्रबार प्रशासन तर्फको सकिएपछि शनिबार लगततर्फको परीक्षा थियो ।

उनी नेपालगञ्जको मञ्जुश्री फाइनान्समा काम गर्छन्।

उनको एउटा अनौठो बानी रहेछ; बसको सिटमा नबस्ने। ‘मेरो अचम्मको बानी छ,’ उनले भने, ‘काठमााडौं जाँदा पनि कहिल्यै सिटमा बस्दिनँ, उभिएरै यात्रा गर्छु।’

नेपालगंजबाट छुटेको बसले झन्डै डेढ सय किलोमिटर यात्रा पार गरेर राति करिब १० बजे भालुवाङ पुग्यो।

बस सल्यानको त्रिबेणी गाउँपालिका– ४ का २८ बर्षीय लालबहादुर नेपालीले हाँकेका थिए।

बसका सहचालक बाँकेको बैजापुर गाउँपालिका– ३ का २१ बर्षीय शंकर थारुसँग चिनापर्ची थियो। गौतमका अनुसार चिनजान भएकाले उनी सहचालकसँग ढोकानजिक उभिएर यात्रा गर्दै थिए।

भालुवाङमा ट्राफिक चेकपोइन्ट नजिक पुगेपनि बस रोकिएन तर त्यसको हाइड्रोलिक ढोका भने खुल्यो। चेकपोस्ट राप्ती नदीको मुखमै छ। त्यहाँ चेकिङ भइरहेको भएपनि चालकले रोक्दै नरोकी हुँइक्याए।

त्यतिबेला बस ७०/८० को स्पिडमा रहेको गौतमको अनुमान छ। बस चेकजाँचका लागि त्यहाँ रहेका ट्राफिक प्रहरीले सिटी पनि फुकेका रहेछन्। तर चालकले रोक्दै नरोकी बस दौडाए।

https://youtu.be/QgMxAOPPap0?si=fr_X7QUzdOfq_BXZ

प्रतिक्रिया