नक्कली छोरीलाई आफ्नै नामको नागरिकता दिएपछी वीरगञ्जका मेयरमाथि कारबाहीको माग गर्दै जाहेरी (भिडियो सहित)

इनेप्लिज २०८० पुष २८ गते १०:२९ मा प्रकाशित

नक्कली बुबा बनेर अर्कैकी छोरीलाई नागरिकता दिलाएको आरोपमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध उजुरी परेको छ ।

मेयर सिंहविरुद्ध उनकै छिमेकी वडा नम्बर ३ का महमद सहाबुदिनले आज जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका हुन् । उनले मेयर सिंहकी पत्नी अन्नपूर्णा मानन्धरलाई पनि विपक्षी बनाएका छन् ।

मेयर सिंह र उनका पत्नी मानन्धरको दाम्पत्य जीवनबाट एकमात्र छोरा ३० वर्षीय अनिशमान सिंहको जायजन्म भएको छ ‌। तर रुविना श्रेष्ठ नामकी छोरी हो भन्दै बुवा बनेर मेयर सिंहले नागरिकता बनाइदिएका हुन् । यो कुरा बाहिरिएपछि मेयर सिंह र उनका पत्नी मानन्धरलाई समेत विपक्षी बनाएर छिमेकी सहाबुदिनले उजुरी दिएका छन् ।

मेयर सिंहले झुठो विवरण पेश गरी रुविना श्रेष्ठलाई छोरी बनाएर २०७१ असोज २० मा वडा नम्बर ३ बाट जन्मदर्ता र २०७५ साउन १३ मा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाएको उजुरीमा दावि गरिएको छ ।

रुविनाको जन्ममिती २०५९ असार ३० राखिएको छ । जन्म भएको १२ वर्षपछि जन्मदर्ता बनाएकाले पनि नक्कली रहेको उजुरीकर्ता सहाबुदिनको दावि छ । उनले भनेका छन्, ‘झुठो विवरणका आधारमा बनाएको जन्मदर्ताको रेकर्ड वडा नम्वर ३ को कार्यालयमा माग्दा वडाध्यक्ष र सचिवले रेकर्ड हराईसकेको भन्ने गर्छन् ।’

https://www.youtube.com/watch?v=Bj9Q3Maw2E8

प्रतिक्रिया