खुल्यो डरलाग्दो रहस्य तपस्वीको भेषमा बम्जनको विलाशी जीवनशैली, ५ करोडको गाडी किन्न लाग्दा पक्राउ परे (भिडियो सहित)

इनेप्लिज २०८० पुष २७ गते १०:४७ मा प्रकाशित

व्यक्ति वेपत्ता पारेको तथा बाल यौन दुराचारको आरोप लागेका रामबहादुर बम्जनले ‘तपस्वी’को भेषमा विलाशी जीवनशैली जिउने गरेको तथ्य बाहिरिएको छ। बम्जनले करोडौं मूल्यका गाडी र लाखौं मूल्यका मोटरसाइकलहरु प्रयोग गर्ने गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गर्नु अगाडिसम्म बम्जनका लागि ५ करोड मूल्य पर्ने ल्यान्ड क्रुजर गाडी किन्ने तयारी भइसकेको थियो। त्यसका लागि ३ करोड रुपैयाँ भुक्तानी समेत भइसकेको पाइएको छ।

पक्राउ पर्नु अगाडिसम्म उनले टोयोटाको फर्चुनर गाडी चढ्ने गरेका थिए। जसको मूल्य नेपाली बजारमा २ करोड ३२ रुपैयाँसम्म पर्छ। प्रहरीका अनुसार बम्जनले क्रस फायर कम्पनीको डर्ट बाइक, ३०९ सीसीको केटिएम ड्यूक लगायत मोटरसाइकल समेत प्रयोग गर्ने गरेका थिए।

https://www.youtube.com/watch?v=bu1T9MXR5rg

प्रतिक्रिया