घूस लिने र दिने देशका महाशत्रु हुन्

बेद प्रसाद घिमिरे २०८० पुष २७ गते १०:४२ मा प्रकाशित

बेद प्रसाद घिमिरे :आज ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहकाे याेगदानकाे कदर गर्दै हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

दिवसका अवसरमा आज ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विभिन्न कार्यक्रम गर्दैछ । पृथ्वीजयन्ती तथा एकता दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

१७९९ साल पुस २७ गते गोरखामा जन्मिनुभएका शाहले बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्नुभएकाे थियाे । जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका ससाना राज्यलाई एकीकरण गर्न शाह सफल हुनुभएकाे थियाे ।

उहाँका नेपाल दुई ढुंगाबीचको तरुल हो, घूस लिने र दिने देशका महाशत्रु हुन् लगायत कैयौँ उपदेश आज पनि सान्दर्भिक मानिन्छन् ।

राष्ट्रनिर्माता शाहकाे अमूल्य याेगदानकाे कदर गर्दै २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिएकाे थियाे । तर ०६२-०६३ को जनआन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवस मनाउन छाडिएकाे थियाे । नागरिक स्तरबाट भने हरेक वर्ष कार्यक्रम हुँदै आएका छन् l

प्रतिक्रिया