तपस्वी बम्जनलाई समाउन सीआईबीको ‘डेडलक’ देखि ‘ब्लू’ अप्रेसन, के हो यसको अर्थ ? यस्तो थियो तयारी ? (भिडियो सहित)

इनेप्लिज २०८० पुष २६ गते २:१२ मा प्रकाशित

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार तपस्वी रामबहादुर बम्जनलाई हत्कडीसहित सार्वजनिक गर्‍यो । बाल यौन दुरुपयोग, व्यक्ति बेपत्तालगायत उजुरी र मुद्दापछि सीआईबीले लामो समयदेखि उनको खोजी गरेको थियो ।

बम्जनलाई पक्राउ गर्न पछिल्लोपटक चलाएको अप्रेसनलाई सीआईबीले ‘अप्रेसन ब्लु’ नाम दिएको छ । सीआईबी स्रोतका अनुसार बम्जनको अघिल्लो अंग्रेजी अक्षर ‘बी’ बाट ब्लु नाम दिइएको हो । यसअघि २०७८ सालमा सीआईबीले अप्रेसन ‘डेडलक’ नाम दिएर बमजनको खोजी गरेको थियो । फरार हुनुअघि बम्जनको लामो कपाल भएकाले त्यसलाई बुझाउन अप्रेसनको नाम डेडलक दिइएको बुझिएको छ ।

सीआईबीले ठूला अनुसन्धानमा अप्रेसनलाई नाम दिने गरेको छ । अनुसन्धान अधिकारीहरूबीच संवादमा सहजता साथै गोपनीयताका कारण यस्तो आन्तरिक कोड दिइने सीआईबीका एक पूर्व अनुसन्धान अधिकृत बताउँछन् ।

केही समयअघि नक्कली डक्टर प्रकरणमा पनि अप्रेसन ‘फक्सट्रट चार्ली’ चलाइएको थियो । नक्कली प्रमाणपत्रको अंग्रेजी रुपान्तर फेक सर्टिफिकेट हुन्छ । फेकको अघिल्लो अक्षर एफबाट फक्सट्रट र सर्टिफिकेटको अघिल्लो अक्षर सीबाट चार्ली राखेर अप्रेसन फक्सट्रट चार्ली भनिएको थियो ।

https://www.youtube.com/watch?v=B9VtJIRTLtE

प्रतिक्रिया